रिलायन्सले राष्ट्रव्यापी एसईई निबन्ध प्रतियोगिता गर्दै, विजेतालाई १५ हजारसहित शतप्रतिशत छात्रवृत्ति
काठमाडौं– चावहिल, सरस्वतीनगरस्थित रिलायन्स कलेजले पाँचौ राष्ट्रव्यापी एसईई निबन्ध प्रतियोगिता गर्ने भएको छ । विगत ५ वर्षदेखि सञ्चालन हुदै आएको यो प्रतियोगिता २०८१ सालमा एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको जनाइएको छ ।
प्रतियोगिता जेठ १ गतेदेखि असार १० गतेसम्म देशभर एसईई दिएर बसेका विद्यार्थीहरुले ‘मोबाइल प्रविधिको प्रयोग: सुविधा कि समस्या ?’ शिर्षकमा नेपाली वा अंग्रेजी भाषा मध्ये एकमा आफ्नो निबन्ध पठाउन सक्ने कलेजका प्रिन्सिपल श्री रविन्द्रजंग थापाले बताए । निबन्ध इमेल ठेगाना [email protected] र कलेजमै आएर पनि बुझाउन सकिनले प्रिन्सिपल थापाले जानकारी दिए ।
प्रतियोगितामा सहभागी मध्ये १३ उत्कृष्ट विद्यार्थीलाई नगद, ठूलो मात्रामा छात्रवृत्ति, प्रमाण पत्र र अन्य पुरस्कार प्रदान गरिने कलेजका शैक्षिक निर्देशक वीरेन्द्रकुमार मेहताले बताए । देशभरिबाट संकलन हुने निबन्ध मध्ये प्रथम हुने एकजनालाई १५ हजार रुपैयाँ नगद, कक्षा ११ को भर्नामा शतप्रतिशत छुट, १२ महिनाकै मासिक किस्ता छुट गरिने जनाइएको छ ।
द्वितीयलाई १० हजार रुपैयाँ, कक्षा ११ को भर्नामा शतप्रतिशत छुट, ९ महिनाको मासिक किस्ता छुट गरिने कलेजले जनाएको छ । तृतीय हुने एक जनालाई ६ हजार रुपैयाँ नगद कक्षा ११ को भर्नामा शतप्रतिशत छुट, ६ महिनाको मासिक किस्ता छुट गरिने जनाइएको छ । साथै, सान्त्वना हुने १० जनालाई २ हजार ५ सय रुपैयाँ नगद पुररुकार कक्षा ११ को भर्नामा ५०% छुट, २ महिनाको मासिक किस्ता छुट गरिने कलेजले जनाएको छ । त्यसका अलावा १३ जनालाई नै प्रमाण पत्र तथा अन्य पुरस्कारहरुबाट सम्मान गरिने समेत शैक्षिक निर्देशक मेहताले जानकारी दिए ।
सामाजिक उत्तरदायित्वलाई बहन गर्ने र एसईई दिएर बसेका विद्यार्थीहरुलाई उनीहरुको लेखन एवं सृजनात्मक कलालाई उजागर गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गरिने यो राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आफैंमा एउटा उत्कृष्ट अभियान रहेको र यसको नतिजा प्रकाशन २०८२ साल असार २० गते कलेजको आधिकारिक फेसबुक पेजमार्फत प्रकाशन गरिने कलेजका एसीए कोअर्डिनेटर गोबिन्द ढकालले जानकारी दिए । विजेता विद्यार्थीहरुलाई कलेजमा भव्य समारोहका बीचमा पुरस्कार वितरण गरिनेसमेत उनले बताए । साथै, विजेता विद्यार्थीले आफ्नो पुरस्कार लिन जाँदा एसईईको प्रवेश पत्रको प्र्रतिलिपि अनिवार्य रुपमा कलेजमा बुझाउनु पर्ने समेत ढकालले जानकारी दिए ।
विगत ४ श्रृङ्खला सफलताका साथ सम्पन्न भएको यो राष्ट्रव्यापी निबन्ध प्रतियोगिताको प्रथम संस्करणको विजेता मन्टेश्वरी सेकेन्डरी स्कुल इलामकी आस्था ढकाल रहेकी थिइन् भने द्वितीय संस्करणको विजेता भुवनेश्वर सेकेण्डरी स्कुल ओखलढुङ्गाकी सामना खतिवडा रहेकी थिइन् । तृतीय संस्करणको विजेताको रुपमा लालिगुराँस इङ्गलिस सेकेण्डरी स्कुल ओखलढुङ्गाका रोहन खतिवडा रहेका थिए ।
त्यस्तै गत वर्षको चौथो संस्करणको विजेता पनि लालिगुराँस इङ्गलिस सेकेण्डरी स्कुल ओखलढुङ्गाकै युजन कटुवाल रहेको कलेज प्रशासनले जानकारी दिएको छ ।
ताजा अपडेट
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
- अरूको नाममा एसईई दिने नक्कली परीक्षार्थी मकवानपुरमा पक्राउ
- कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजासहित चिरायु एकेडेमी शंखरापुर नगरपालिकामै प्रथम
- आजबाट एसईई परीक्षा सुरु
- एसईई उत्तरपुस्तिका परीक्षणको नयाँ व्यवस्था: तीन दिनभित्र जाँचिसक्नुपर्ने, लापरवाही गरे कारबाही हुने
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया