समाचार
‘न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
काठमाडौं—सन् २०१२ मा स्थापना भएको शैक्षिक संस्था एम्बार्क अनम्याथले गणितलाई केवल पाठ्यपुस्तकको सीमितताबाट बाहिर निकाल्दै वास्तविक जीवनसँग जोड्न निरन्तर प्रयास गर्दै आएको छ । यही प्रयास अन्तर्गत, हालै प्रिमियर इन्टरनेशनल स्कूलको सहकार्यमा ‘न्युमेरेसी विक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।
एक हप्तासम्म चलेको यस विशेष सप्ताहले विद्यार्थीहरूलाई अनुभवमा आधारित सिकाइमार्फत् गणित विषयलाई नयाँ दृष्टिकोणले बुझ्न प्रेरित ग¥यो । कार्यक्रम अवधिभर, प्रिमियर इन्टरनेशनल स्कूलका कक्षाहरू सिर्जनशीलता र अन्वेषणको केन्द्र बनेका थिए । विद्यार्थीहरूले गणितलाई आफ्नो कल्पनाशक्ति, अनुभव र संवादसँग जोड्दै नयाँ र अर्थपूर्ण तरिकामा आफूलाई संलग्न गराए ।
कार्यक्रमबारे जानकारी दिँदै एम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले भने, ‘एम्बार्क अनम्याथमा हामी गणितलाई केवल सूत्र र अभ्यासमा सीमित नराखी, वास्तविक जीवनका अनुभव र चिन्तनमा आधारित बनाउन निरन्तर खटिरहेका छौँ । प्रिमियर इन्टरनेशनल स्कूलमा सम्पन्न न्युमेरेसी विक केवल उत्सव मात्र थिएन, यो गणितलाई हेर्ने, महसुस गर्ने र अनुभव गर्ने सोचमा आएको परिवर्तनको प्रतीक थियो ।’
विद्यार्थीहरूले कथा वाचन, डिजाइन र संवादजस्ता गतिविधिबाट गणितलाई केवल सिकाइको माध्यम होइन, सिर्जनशीलताको उपकरणको रूपमा पुनः पहिचान गर्न सके भने न्युमेरेसी विकमा समावेश गरिएका गतिविधिहरूले विद्यार्थीहरूमा गणितप्रतिको अभिरुचि र आत्मविश्वास अझ सशक्त भएको छ ।
न्युमेरेसी विकमा विभिन्न गतिविधिहहरू समावेश गरिएका थिए, जस्तै : गणित कथा वाचन — जहाँ विद्यार्थीहरूले अंक र अवधारणालाई कथामा परिणत गरेका थिए । त्यस्तै बोर्ड गेम डिजाइन, खेल र रणनीतिमार्फत गणितीय सोचको अभ्यास तथा गणित रिले दौड— गतिशीलता र द्रुत सोचको संयोजन लगायत तत्काल गणित बोल सत्र— जसले विद्यार्थीहरूलाई गणितीय विचारहरूको बारेमा सहज र आत्मविश्वासका साथ बोल्न चुनौती दिएको थियो ।
एम्बार्क अनम्याथले गणित शिक्षालाई रमाइलो, प्रयोगात्मक र जीवन उपयोगी बनाउँदै शैक्षिक क्षेत्रमै नयाँ धारणा स्थापना गर्दै आएको छ । कठोर लाग्ने अवधारणाहरूलाई सरल र सजीव तरिकाले प्रस्तुत गर्दै संस्थाले विद्यार्थीहरूको गणितप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ ।
ताजा अपडेट
- नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
- सेन्ट लरेन्स कलेजमा तीन दिने साइन्स एण्ड आईटी एक्स्पो सुरु
- विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी
- आईआईएमएस २.० विधिवत् उद्घाटन : नेपालमा विश्वस्तरीय शिक्षाको सुरुवात
- शिक्षामन्त्री पुनले जेनजीको माग पुरा गर्न सक्दिन भनेपछि…
- सीटीईभीटीको सर्टिफिकेट र ट्रान्सक्रिप्टमा क्यूआर कोड
- एजुकेशन समाचारका सम्पादक तिमल्सिना सम्मानित
- रिलायन्सद्वारा २३ औँ ब्याचका विद्यार्थीलाई स्वागत २१ औँ ब्याचलाई बिदाइ कार्यक्रम सम्पन्न
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया