Techie IT
  • बिहीबार, कात्तिक २१, २०८२ / Friday, November 7, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारस्नातक अध्ययनका लागि २ जनालाई ५ लाख ५० हजार छात्रवृत्ति दिने ‘हेल्प’को घोषणा

स्नातक अध्ययनका लागि २ जनालाई ५ लाख ५० हजार छात्रवृत्ति दिने ‘हेल्प’को घोषणा


काठमाडौं । हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप (हेल्प)ले स्नातक तह अध्ययनका लागि दुई जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । हेल्पले स्नातक तहको सबै शैक्षिक विषयका विद्यार्थीहरुलाई ५ लाख ५० हजार बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।

हेल्पबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुले मात्र यो छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न सक्ने हेल्पका संस्थापक जिमी लामाले जानकारी दिए । ‘यसैवर्षबाट हामीले स्नातकका लागि पनि छात्रवृत्ति प्रदान गर्न लागेका छौँ,’ उनले भने, ‘हेल्पबाट छात्रवृत्तिमा कक्षा ११ र १२ अध्ययन गरेका विद्यार्थीले मात्र यो छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न सक्नुहुनेछ ।’

त्यसैगरी दुर्गम क्षेत्रका पिछडिएका र सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई प्राथमिकता दिइने हेल्पले जनाएको छ । ‘प्रारम्भिक चरणमा हरेक वर्ष दुई विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ,’ लामा भन्छन्, ‘यो छात्रवृत्ति कार्यक्रम कम्तीमा चार वर्षसम्म निरन्तर रहनेछ ।’

विश्वविद्यालहरुको भर्ना समयतालिका र अवधिसँग मेल खाने गरि प्रत्येक वर्ष असार र साउन महिनामा नयाँ आवेदन खुला गरिने लामा बताउँछन् । यसवर्षको स्नातक तहमा अध्ययन गर्न चाहने वा हालै भर्ना भएका विद्यार्थीहरूका लागि आवेदन प्रक्रिया चाँडै खुल्ने हेल्पले जनाएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको