रिलायन्सले गर्यो स्नातक तह उत्तीर्ण विद्यार्थीलाई विदाई
काठमाडौं । रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गतको रिलायन्स कलेजले स्नातक तह उत्तीर्ण विद्यार्थीहरुलाई बिदाई गरेको छ । बुधबार एक भव्य कार्यक्रमका बीच रिलायन्समा अध्ययन गरी बीबीएस, बीसीए र बीएसडब्लू उत्तीर्ण विद्यार्थीहरुलाई बिदाई गरेको हो ।
नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाको अध्यक्षता रहेको कार्यक्रममा सानिमा बैंकका पूर्व सिईओ एवम् नेपाल बैंकर्स एशोसिएसनका पूर्व अध्यक्ष भूवन दाहालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, पठाओका सिइओ असिममान सिंह बस्नेत विशेष अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रममा बोल्दै विशेष अतिथि बस्नेतले लगनशीलता र इमान्दारिता भयो भने नेपालमा जुनसुकै क्षेत्रमा पनि सफल भइने बताए । ‘अहिले प्लस टु सकिने बित्तिकै विद्यार्थीहरु विदेशिने लहर छ,’ उनले भने, ‘उहाँहरुले नेपालमा अवसर नपाएर होइन अवसर नदेखेर विदेशिनु भएको हो ।’ यदि नेपाललाई बनाउने हो भने युवाहरु देशमै अडिनुपर्ने उनको धारणा थियो ।
यसैगरी, कार्यक्रमका प्रमुख अतिथि दाहालले पनि नेपालमा थुप्रैै अवसर हुँदाहुँदै पनि युवा वर्गको त्यसतर्फ आकर्षण नभएको बताए । ‘नेपालमा अवसर नभएको होइकन त्यो अवसरलाई हामीले कसरी हेर्छौं भन्ने कुरा महत्वपूर्ण हो,’ उनले भने । साथै, सफलताका लागि अनुशासन निकै महत्वपूर्ण रहेको समेत उनले बताए ।

यसैगरी, नेटवर्कका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष थापाले रिलायन्सले हरेक वर्ष अब्बल जनशक्ति उत्पादन गरिरहेको बताए । ‘रिलायन्सले उत्पादन गरेका जनशक्ति अहिले विभिन्न क्षेत्रमा कार्यरत हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरु जहाँ हुनुहुन्छ त्यहाँ आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गरिरहनु भएको छ जसले हामीलाई गर्वावन्वित बनाउँछ ।’ रिलायन्सबाट उत्तीर्ण भएर निस्किएका विद्यार्थीहरु बेरोजगार भएर बस्नुपर्ने अवस्थासमेत नरहेको उनले बताए । ‘हामीकहाँ अध्ययन गरेका विद्यार्थीहरुले समाजमा प्रभावकारी कार्य गरिरहेको पाउँछौँ,’ उनले भने ।

कार्यक्रममा रिलायन्सका अध्यापनरत पिएचडी होल्डर शिक्षकहरुलाई सम्मान गरिएको थियो । मन्टेश्वरीदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउँदै आएको रिलायन्सले स्नातक तहमा बीबीएस, बिए, बीसीए, सीएसआइटी, बीबीएका कार्यक्रम सञ्चालन गर्दै आएको छ भने स्नातकोत्तर तहमा एमबीए र एमबीएस अध्यापन गराउँदै आएको छ ।

ताजा अपडेट
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया