Techie IT
  • शनिबार, कात्तिक १, २०८३ / Saturday, October 17, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज आइतबार नतिजा सार्वजनिक गरेको हो ।

बोर्डले सार्वजनिक गरेको नतिजामा ७३.४१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । बोर्डले असोज ७ र ८ गते सञ्चालन गरेको मौका परीक्षामा देशभरबाट १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ७६ हजार ३ सय ६७ जनाले ग्रेड प्राप्त गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । त्यस्तै, ४ जनाको विद्यार्थीको परीक्षाफल रद्ध गरिएको उनले बताए ।

नतिजालाई राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमका वेवसाइट, नेपाल टेलिकमको १६०० मा एसएमएस गरी हेर्न सकिने बोर्डले जनाएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको