राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको कार्यकाल सकिएसँगै नयाँ अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना प्रकाशित गर्दै इच्छुक र योग्य व्यक्तिले सूचना पहिलोपटक प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८२ साल पुस २४ गतेभित्र दरखास्त पेस गर्न आह्वान गरेको हो ।
शिक्षा ऐन, २०२८ को दफा ४(क)अनुसार माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय तथा व्यवस्थापनका लागि राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था गरिएको छ। सोही ऐन बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी शिक्षा तथा परीक्षा सम्बन्धी क्षेत्रमा न्यूनतम १२ वर्षको अनुभव प्राप्त व्यक्तिमध्येबाट सिफारिस समितिको सिफारिसमा नेपाल सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्ने कानुनी व्यवस्था छ।
सूचनाअनुसार उम्मेदवार कुनै राजनीतिक दलको सदस्य नभएको, राष्ट्रिय परीक्षा बोर्डसँग कुनै किसिमको स्वार्थको द्वन्द्व नभएको तथा राष्ट्रिय परीक्षा बोर्ड नियमावली, २०७६ अनुसार अयोग्य नठहरिएको हुनुपर्नेछ।
दरखास्तका साथ नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, शिक्षा तथा परीक्षा क्षेत्रमा काम गरेको अनुभव खुल्ने कागजात, स्वघोषणा पत्र, अवधारणा पत्र र चारबर्से व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ। अवधारणा पत्र र कार्ययोजना छुट्टाछुट्टै सिलबन्दी खाममा तीन–तीन प्रति पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
दरखास्त दस्तुरबापत पाँच हजार रुपैयाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको राजश्व खातामा जम्मा गरी सोको भौचर संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ। अवधारणा पत्र र कार्ययोजनाको मूल्यांकन कोडिङ–डिकोडिङ प्रणालीमार्फत गरिने भएकाले पहिलो पृष्ठबाहेक अन्य पृष्ठमा उम्मेदवारको नाम वा परिचय खुल्ने कुनै संकेत उल्लेख गर्न नपाइने स्पष्ट गरिएको छ।
उम्मेदवारको मूल्यांकन ‘राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम गरिनेछ। गलत वा अपूरा कागजात पेस गरेमा जुनसुकै चरणमा पनि दरखास्त रद्द हुन सक्ने सूचनामा उल्लेख छ ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया