रिलायन्सद्वारा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा, नगदसहित छात्रवृत्तिको अवसर
काठमाडौं । रिलायन्स इन्टरनेशनल एकेडेमी, चाबहिलले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा गरेको छ । प्रतियोगितामार्फत उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसँगै कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने जनाएको छ ।
यस वर्षको निबन्ध प्रतियोगिताको विषय “समयको माग : सुशासन र भ्रष्टाचारमुक्त नेपाल” राखिएको छ । सहभागी विद्यार्थीहरूले नेपाली वा अंग्रेजी भाषामध्ये कुनै एक भाषामा अधिकतम ३०० शब्दभित्र निबन्ध तयार गरी पठाउन सक्नेछन् ।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले वैशाख १ गतेदेखि ३० गतेसम्म निबन्ध पठाउन सक्नेछन् । प्राप्त निबन्धमध्ये उत्कृष्ट छनोट गरी नतिजा कलेजको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुने विद्यार्थीले १५ हजार रुपैयाँ नगदसहित कक्षा ११ र १२ अध्ययनका लागि भर्ना तथा शुल्कमा शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् । दोस्रो हुनेले १० हजार रुपैयाँ नगदसहित भर्ना र ९ महिनाको शुल्कमा शतप्रतिशत छात्रवृत्ति पाउनेछन् । तेस्रो हुनेले ६ हजार रुपैयाँ नगदसहित भर्ना र ६ महिनाको शुल्कमा शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।
यसैगरी उत्कृष्ट १० जना सहभागीलाई सान्त्वना पुरस्कारस्वरूप २ हजार ५ सय रुपैयाँ नगदसहित भर्नामा ५० प्रतिशत र २ महिनाको शुल्कमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।
इच्छुक विद्यार्थीहरूले आफ्नो नाम, विद्यालयको नाम, जिल्ला र सम्पर्क नम्बर सहित निबन्ध [email protected] मा पठाउन सक्नेछन् ।
कलेज प्रशासनले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा, सिर्जनशीलता र सामाजिक चेतना प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया