एसइईपछि नतिजा पर्खिरहेका विद्यार्थीका लागि ‘इन्स्पायर सिरिज’ सुरु गर्दै मन्त्रालय
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीलाई लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले ‘इन्स्पायर सिरिज’ नामक विशेष कार्यक्रम सुरु गर्ने भएको छ । परीक्षा पछिको समयलाई केवल प्रतीक्षामा सीमित नराखी सिर्जनात्मक र उपयोगी बनाउन कार्यक्रम ल्याइएको सस्मित पोखरेल ले जानकारी दिएका छन् ।
मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै एसइईपछि विद्यार्थीहरूले आफ्नो रुचि पहिचान गर्ने, नयाँ सीप सिक्ने र भविष्यको दिशा तय गर्ने उपयुक्त समय भएकाले त्यसलाई सदुपयोग गर्न आग्रह गरेका छन् ।
मन्त्रालयका अनुसार ‘इन्स्पायर सिरिज’ अन्तर्गत विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूले आफ्ना संघर्ष, अनुभव र सफलताका कथा विद्यार्थीसँग साझा गर्नेछन् । मन्त्रालयको सामाजिक सञ्जालमार्फत प्रसारण हुने उक्त सामग्रीले विद्यार्थीलाई नयाँ सम्भावना खोज्न, लक्ष्य निर्धारण गर्न तथा आत्मविश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मन्त्री पोखरेलले परीक्षा पछिको समयलाई रचनात्मक बनाउन र आफ्नो क्षमता निखार्ने अवसरका रूपमा लिन विद्यार्थीलाई आग्रह गरेका छन् ।
एसइईपछि विद्यार्थीहरू प्रायः नतिजाको प्रतीक्षामा मात्रै सीमित रहने अवस्था देखिँदै आएको बेला मन्त्रालयले ल्याएको यो कार्यक्रमलाई सकारात्मक र समयानुकूल पहलका रूपमा हेरिएको छ ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया