अनुसन्धान संस्कृतिलाई संस्थागत गर्दै काठमाडौं बर्नहार्ट, शिक्षकद्वारा विविध विषयमा अनुसन्धान प्रस्तुत
काठमाडौँ । पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर, नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्दै आएको काठमाडौं बर्नहार्ट कलेजले आफ्नो अनुसन्धानमुखी शैक्षिक अभ्यासलाई थप मजबुत बनाएको छ। कलेजको रिसर्च म्यानेजमेन्ट सेल (RMC) ले आयोजना गरेको दुईदिने फ्याकल्टी डेभलपमेन्ट प्रोग्राममा शिक्षकहरूले विभिन्न समसामयिक तथा शैक्षिक विषयमा तयार पारेका अनुसन्धान कार्य प्रस्तुत गरेका छन्।
मे २९ र ३० मा गोदावरीस्थित होटल भ्यू भृकुटीमा आयोजित कार्यक्रममा कलेजका शिक्षकहरूले प्रविधि, शिक्षण सिकाइ, भाषा, सामाजिक सम्बन्ध तथा साइबर सुरक्षाजस्ता विविध क्षेत्रसँग सम्बन्धित ‘मिनी रिसर्च’ प्रस्तुत गरेका हुन्। कलेज प्रशासनका अनुसार प्रस्तुत अनुसन्धानहरूले शिक्षकहरूमा अनुसन्धान संस्कृतिको विकास, प्रमाणमा आधारित शिक्षण अभ्यास तथा शैक्षिक नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्य राखेका छन्।

कार्यक्रममा लिलेन्द्र प्रसाद ढकाल, भरत तिमिल्सिना र रितेश झाले ‘ई–कमर्स शिक्षामा बागिस्टोको एकीकरण’ विषयमा अनुसन्धान प्रस्तुत गरेका थिए। त्यसैगरी मधु रिजाल, राजु रिजाल र मोहन लामिछानेले ‘थिंक–पेयर–सेयर’ शिक्षण रणनीतिले बीबीएसका विद्यार्थीको सिकाइ उपलब्धिमा पारेको प्रभावसम्बन्धी अध्ययन सार्वजनिक गरेका थिए ।
नारायण श्रेष्ठले नेपालमा सिकाइ उपलब्धि सुधारका लागि अभिभावकले कलेज र समुदायबीच सेतुको भूमिका कसरी खेल्न सक्छन् भन्ने विषयमा आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए। अभिमन्यु यादवले ‘लजिस्टिक रिग्रेसन’ विधि प्रयोग गरी नेपाली भाषाका पाठहरूको भावना (सेन्टिमेन्ट) वर्गीकरणसम्बन्धी अध्ययन प्रस्तुत गरे।
त्यसैगरी विशाल पौडेल र रिता भण्डारीले संरचित प्रतिक्रिया प्रणालीमार्फत विद्यार्थीहरूको प्रस्तुतीकरण सीप सुधार गर्ने उपायबारे अध्ययन सार्वजनिक गरेका थिए भने श्याम महर्जन र रामबाबु महतोले नेपाली विद्यार्थीमा साइबर सुरक्षा सचेतना र सुरक्षात्मक व्यवहारसम्बन्धी अनुसन्धान प्रस्तुत गरेका थिए।

कलेजका अनुसार यी अनुसन्धानहरू केवल शैक्षिक अभ्यासमा सीमित नभई समाज, प्रविधि र विद्यार्थीको समग्र विकाससँग जोडिएका विषयमा केन्द्रित छन्। यसले शिक्षकहरू कक्षाकोठाभित्र मात्र नभई ज्ञान सिर्जना, अनुसन्धान र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय रहेको सन्देश दिएको कलेजको भनाइ छ।
काठमाडौं बर्नहार्ट कलेज पछिल्ला वर्षहरूमा शैक्षिक उत्कृष्टताका आधारमा देशका उत्कृष्ट प्लस टु कलेजहरूमध्ये निरन्तर रूपमा गणना हुँदै आएको छ। देशभर रहेका हजारौँ माध्यमिक विद्यालयहरूमध्ये विभिन्न मूल्याङ्कनका आधारमा उत्कृष्ट स्थानमा रहँदै आएको यस कलेज यस वर्ष ‘एजुकेशन समाचार’ले सार्वजनिक गरेको देशभरका उत्कृष्ट ३० प्लस टु (माध्यमिक विद्यालय) को सूचीमा नवौँ स्थानमा पर्न सफल भएको छ।
शिक्षण, अनुसन्धान र नवप्रवर्तनलाई समान महत्व दिँदै आएको कलेजले यस्ता कार्यक्रममार्फत शिक्षकहरूको पेशागत विकास तथा अनुसन्धान संस्कृतिलाई संस्थागत गर्ने प्रयासलाई निरन्तरता दिइरहेको जनाएको छ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया