अपाङ्गता भएका बालबालिकाका लागि विकसित ‘आशा मोडेल’ले पायो अन्तर्राष्ट्रिय मान्यता
काठमाडौं । अपाङ्गता भएका बालबालिका तथा युवाहरूका लागि शिक्षा, पुनर्स्थापना र आत्मनिर्भर जीवनको अवसर सुनिश्चित गर्ने उद्देश्यसहित विकसित गरिएको ‘आशा मोडेल’ले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । आशा विशेष विद्यालय तथा पुनर्स्थापना केन्द्रहरूमा कार्यान्वयन हुँदै आएको उक्त मोडेललाई Inclusive Society Award 2026 for Innovation and Social Impact प्रदान गरिएको हो ।

विशेष शिक्षा, स्वास्थ्य सेवा, फिजियोथेरापी, पारिवारिक सहयोग, आवासीय हेरचाह, व्यावसायिक तालिम तथा विभिन्न पुनर्स्थापना सेवाहरूलाई एउटै समन्वित प्रणालीमा जोडेर अपाङ्गता भएका बालबालिका तथा युवाहरूको समग्र विकासमा योगदान पुर्याएको मूल्यांकनका आधारमा उक्त सम्मान प्रदान गरिएको जनाइएको छ ।
‘आशा मोडेल’को अवधारणा तथा प्रारम्भिक कार्यान्वयन सामाजिक अभियन्ता आइना वार्का न्यौपानेको नेतृत्वमा भएको हो । ‘आशा विद्यालयकी आमा’का रूपमा परिचित न्यौपानेले चौध वर्षअघि अपाङ्गता भएका बालबालिकाले भोग्नुपरेको विभेद र बहिष्करणलाई नजिकबाट अनुभूति गरेपछि हेटौंडामा आशा विशेष विद्यालय तथा पुनर्स्थापना केन्द्र स्थापना गरेकी थिइन् । उक्त संस्था हेटौंडाको पहिलो विशेष शिक्षा विद्यालयका रूपमा परिचित छ ।
युरोपबाट हासिल गरेको ज्ञान र अनुभवलाई नेपालमा प्रयोग गर्दै उनले शिक्षा, पुनर्स्थापना, स्वास्थ्य सेवा र सीप विकासलाई एकीकृत गर्ने नवीन अवधारणा अघि सारेकी थिइन् । यही अवधारणा समयसँगै विकसित हुँदै ‘आशा मोडेल’का रूपमा स्थापित भएको हो ।
हाल Si Asha Foundation को नेतृत्वमा हेटौंडा, ललितपुर र बर्दिबासमा आशा विशेष विद्यालय तथा पुनर्स्थापना केन्द्रहरू सञ्चालनमा रहेका छन् । ती केन्द्रहरूमा बौद्धिक अपाङ्गता, अटिजम, डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी तथा बहुअपाङ्गता भएका बालबालिका र युवाहरूलाई गुणस्तरीय शिक्षा, थेरापी, पुनर्स्थापना, जीवनोपयोगी सीप विकास तथा आत्मनिर्भर जीवनतर्फ उन्मुख गराउने सेवा प्रदान गरिँदै आएको छ ।

प्रारम्भिक बाल्यकालदेखि नै बालबालिकाको व्यक्तिगत आवश्यकताअनुसार सहयोग उपलब्ध गराइने तथा उमेरसँगै व्यावसायिक तालिम र कार्यशाला कार्यक्रममार्फत रोजगारी र समाजमा सक्रिय सहभागिताका लागि तयार पार्ने व्यवस्था गरिएको छ । हाल आशा विशेष विद्यालय तथा पुनर्स्थापना केन्द्रहरूमा ६५ भन्दा बढी दक्ष जनशक्ति कार्यरत छन् । उनीहरूमध्ये धेरैले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको शैक्षिक सहकार्यमार्फत विशेष तालिम प्राप्त गरेका छन् ।
पछिल्ला चौध वर्षमा निरन्तर विस्तार हुँदै आएको यस अभियानको नेतृत्व हाल Si Asha Foundation ले गरिरहेको छ । फाउन्डेसनले नेपालका सातै प्रदेशमा विशेष विद्यालय स्थापना गर्दै अपाङ्गता भएका बालबालिकाका लागि उच्चस्तरीय शिक्षा तथा पुनर्स्थापना सेवा देशव्यापी रूपमा विस्तार गर्ने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ ।
यसैबीच, संस्थापक तथा सामाजिक अभियन्ता आइना वार्का न्यौपानेको नेतृत्व र सामाजिक योगदान अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसित हुँदै आएको छ । उनी Premier Inclusive Society Award 2026 अन्तर्गत Innovation and Social Impact विधामा सम्मानित भएकी छन् । साथै, उनी Premios TELVA Solidaridad 2026 अन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएकी छन् ।

संस्थाका अनुसार यो अन्तर्राष्ट्रिय सम्मान कुनै एउटा शैक्षिक मोडेलको उपलब्धि मात्र नभई अपाङ्गता भएका बालबालिका तथा युवाहरूले गुणस्तरीय शिक्षा, आवश्यक सहयोग र सम्मानपूर्ण जीवनको अवसर पाउनुपर्छ भन्ने विश्वासका साथ विगत चौध वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको अभियानको विश्वस्तरबाट भएको सम्मान हो ।
फाउन्डेसनले नेपाललाई थप समावेशी समाजका रूपमा विकास गर्दै हरेक बालबालिकाले आफ्नो क्षमता र अवस्थाभन्दा माथि उठेर सम्मानपूर्वक सिक्न, सहभागी हुन र गरिमामय जीवन बिताउन सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
ताजा अपडेट
- अपाङ्गता भएका बालबालिकाका लागि विकसित ‘आशा मोडेल’ले पायो अन्तर्राष्ट्रिय मान्यता
- एचआईभी नियन्त्रणमा प्रगति, तर लाञ्छना र विभेद अझै चुनौती
- सेन्ट लरेन्समा ३० औँ ब्याचको भव्य स्वागत, सम्पन्न भयो अभिमुखीकरण कार्यक्रम
- केबीए ग्लोबलको चितवनमा ‘मल्टि डेस्टिनेशन एजुकेशन फेयर’ सम्पन्न
- केबीए ग्लोबलद्वारा ‘मल्टि डेस्टिनेशन एजुकेशन फेयर’ सम्पन्न
- मनास्लु कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न, ३.९६ जीपीए ल्याउने विद्यार्थीलाई २ लाख पुरस्कार घोषणा
- मनपरी शुल्क असुले कारबाही गर्ने सीटीईभीटीको चेतावनी ! नर्सिङ, एचए र फार्मेसीमा पुरानै शुल्क कायम
- विद्यार्थीको व्यक्तिगत विवरण दुरुपयोग नगर्न केन्द्रको निर्देशन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया