मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायले मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएस (MBS) को MKT 511: Marketing Management विषयको परीक्षा स्थगित गरेको छ । व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले जारी गरेको सूचनाअनुसार साउन १५ गते सञ्चालन हुने उक्त विषयको परीक्षा विशेष परिस्थितिका कारण मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो ।
स्थगित गरिएको विषयको नयाँ परीक्षा तालिका पछि सार्वजनिक गरिने महाशाखाले जनाएको छ । यद्यपि, सूचनामा उल्लेख नगरिएका अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा सञ्चालन हुनेछ ।
स्थगित गरिएका ११ परीक्षा केन्द्र
- रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनकपुर
- सल्हेश क्याम्पस, मलंगवा, सर्लाही
- जनज्योति बहुमुखी क्याम्पस, लालबन्दी, सर्लाही
- सूर्यनारायण सत्यनारायण मोरेश्वर यादव क्याम्पस, सिरहा
- जे.एस. मुरारका बहुमुखी क्याम्पस, लहान, सिरहा
- श्री महेन्द्रनारायण निधि बहुमुखी क्याम्पस, राजविराज, सप्तरी
- नेशनल पिपुल कलेज, कञ्चनरूप–८, सप्तरी
- जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुर, रौतहट
- गोरीशंकर यादव रौतहट क्याम्पस, गौर, रौतहट
- सिमरा कलेज, सिमरा, बारा
- ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्ज
त्रिविले सम्बन्धित विद्यार्थीलाई विश्वविद्यालयबाट प्रकाशित हुने आगामी सूचनामा ध्यान दिन तथा परीक्षा सम्बन्धी आधिकारिक जानकारी नियमित रूपमा हेर्न आग्रह गरेको छ ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया