कक्षा १२ को नतिजा साउन महिनाभित्रै प्रकाशन गर्ने बाेर्डकाे तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा साउन महिनाभित्रै प्रकाशन तयारी गरेको छ । बोर्डका परीक्षा नियन्त्रण कृष्ण शर्माले साउनको अन्तिम हप्तामा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको एजुकेशन समाचारलाई जानकारी दिए ।
उनका अनुसार हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । ‘हामीले ७० प्रतिशत काम सम्पन्न गरिसक्यौँ,’ उनले भने, ‘अब सकेसक्दो छिटो बाँकी काम सकेर यो महिनाभित्रै नतिजा सार्वजनिक गर्छौँ ।’
यतिबेला उत्तरपुस्तिकाको सम्परीक्षण भइरहेको उनले जानकारी दिए । त्यसपछि इन्ट्री, रजु, टेबुलेसन गरेर हाजिरी हेरेपछिमात्र नतिजा तयार हुने उनी बताउँछन् ।
गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिएका थिए । साथै, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ ।
ताजा अपडेट
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
- डा. गोविन्द केसीले तोडे अनसन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया