Techie IT
  • बिहीबार, कात्तिक ६, २०८३ / Thursday, October 22, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ कलेज ∕ त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु कार्यसमितिको अनुहार

समाचार

त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु कार्यसमितिको अनुहार


काठमाडौं—त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको पूर्ण अनुहार सार्वजनिक भएको छ । बुधबार त्रिवि केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन समितिले समानुपातिकसहित पूर्ण स्ववियु कार्यसमितिको नामावली सार्वजनिक गरेको छ ।

यससँगै त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले पूर्ण आकार ग्रहण गरेको छ । केन्द्रीय क्याम्पसको अध्‍यक्षमा श्‍यामराज ओझा, उपाध्यक्षमा अनोज कार्की, सचिवमा सिद्धान्त भट्ट, सहायक सचिवमा दिनेश कार्की र कोषाध्यक्षमा पदमा भुसाल निर्वाचित भएका छन् । १६ जना सदस्यहरु पनि निर्वाचित भएका छन् ।

२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १ जना अध्यक्ष, १ जना सचिव, १ जना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको