अन्तर्वार्ता
केईसीका विद्यार्थीहरू विदेशका राम्रा र ख्यातिप्राप्त विश्वविद्यालयमा माष्टर्स र पीएचडी गरिरहेका छन्

कालिमाटीस्थित काठमाडौं इन्जिनियरिङ कलेज (केईसी), त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई बिई सिभिल, बिई कम्प्युटर, बिई इलेक्ट्रीकल, बी आर्क, बीई इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेशन इन्जिनियरिङ अध्यापन हुँदैं आएको छ । इन्जिनियरिङ शिक्षामा नीजि क्षेत्रका कलेजहरुतर्फ अग्रणी मानिने केईसीका प्रोडक्टहरु अब्बल मानिन्छन् । राम्रो शैक्षिक वातावरण, सुविधासम्पन्न हाइटेक ल्याबसहित प्रतिष्ठित फ्याकल्टीहरुलाई पनि केईसीको विशेष पक्ष मानिन्छ ।
साढे १७ रोपनीमा क्षेत्रफलमा फैलिएको केईसीले हाल ३० रोपनी जग्गामा होस्टेलसहितको कलेज बनाउनका लागि थप जग्गा खरिद गरिसकेको छ । शैक्षिक वातावरण, अब्बल फ्याकल्टी, सुविधासम्पन्न ल्याब, ख्यातिप्राप्त ब्यवस्थापन टिम रहेको केईसीका सल्लाहकार प्रोफेसर .डा. दिनेशकुमार शर्मासँग गरिएको कुराकानीः
केईसीको फ्याकल्टीबारे जानकारी दिनुहोस न ?
हामीले बिई सिभिल, बिई कम्प्युटर, बिई इलेक्ट्रीकल, बी आर्क, बीई इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ चलाइरहेका छौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकले यस शैक्षिक सत्रदेखि आफ्नो एउटा कार्यक्रमलाई परिमार्जित गरेको हो, यो सबै क्याम्पसमा लागु भएको छ । पहिले रहेको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ भन्ने थियो त्यो कार्यक्रम परिमार्जन गरेर इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेशन बनाइएको छ ।
इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङमा इन्फर्मेशन थपेर परिमार्जित गरिएपछि त्यसमा नवीन कुराहरु के छन ?
इलेक्ट्रोनिक्स र कम्युनिकेसनका कुराहरु यथावत छन् । कम महत्वपूर्ण कोर्सहरु झिकेर इन्फर्मेशन इन्जिनियरिङका नवीनतम कुराहरु राखेका छौं । अहिलेको जमाना भनेकै इन्फर्मेशनको जमाना हो, सूचनालाई कसरी कम्प्युटरको माध्यमबाट मानिसको हितका लागि कसरी उपयोग गर्ने भन्नेबारे कोर्समा थपेका छौं ।
अन्य सबै फ्याकल्टीहरुमा भर्ना सिट पूरा भइसकेको अवस्थामा पनि इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स फ्याकल्टीमा विद्यार्थीहरुको कोटा पूरा हुन नसक्नुको कारण के हो ?
गत केही वर्षदेखि नै इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसमा विद्यार्थी कम भइरहेका थिए । त्यसलाई परिमार्जित गरेर समयसापेक्ष झन प्रभावकारी बनाइएको हो । संसारमा जे डिमान्ड छ, अहिले सूचना प्रविधीको जमाना छ, त्यसकारण सूचना सम्बन्धि अध्ययन पनि गराउनुपर्छ भनेर त्यसलाई परिमार्जन गरिएको हो ।
नेपालमा इन्जिनियरिङका कुन—कुन विद्यामा बढी आकर्षण छ ?
अहिले नेपालको परिप्रेक्ष्यमा इन्जिनियरिङ विषयमध्येमा सिभिलमा विद्यार्थीहरुको चाप छ । त्यसपछि कम्प्युटर, बी आर्कमा आकर्षण राम्रो छ । अरुमा विगत वर्षहरुदेखि नै विद्यार्थीहरु कम भइरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङका उत्पादनहरुको गुणस्तर कस्तो छ ?
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ कलेजहरुको राम्रो ख्याति छ । त्रिभुवन विश्वविद्यालयका आफ्नै चार वटा कलेजहरु छन् । सम्बन्धनप्राप्त नीजि क्षेत्रका ६ वटाजति कलेजहरु छन् । यी सबै इन्जिनियरिङ कलेजहरुका उत्पादनको गुणस्तर एकदमै छन् । हाम्रो उत्पादन पनि स्वभाविक रुपमा राम्रा हुने भइहाले ।
विदेशका कुनै शैक्षिक संस्थाहरुसँग पनि सहकार्य गरिरहनुभएको छ कि ?
काठमाडौं इन्जिनियरिङ कलेजको विदेशका धेरै कलेजहरुसँग पनि एमयु गरेको छ । केईसीबाट पास आउट भएका हाम्रा विद्यार्थीहरुले विदेशका राम्रा र ख्यातिप्राप्त विश्वविद्यालयमा माष्टर्स र पीएचडी गरिरहेका छन् ।
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया