Techie IT
  • बिहीबार, असार २६, २०८२ / Thursday, July 10, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारविद्यार्थीलाई चाडपर्वका नाममा पोशाक किन्न बाध्य पार्ने विद्यालयलाई महानगरले कारवाही गर्ने

विद्यार्थीलाई चाडपर्वका नाममा पोशाक किन्न बाध्य पार्ने विद्यालयलाई महानगरले कारवाही गर्ने


काठमाडौं । विद्यार्थीलाई चाडपर्वका नाममा अतिरिक्त पोशाक किन्न बाध्य पार्ने विद्यालयलाई काठमाडौं महानगरपालिकाले कारवाही गर्ने चेतावनी दिएको छ । विद्यालयको नियमित पोषाकबाहेक विभिन्न चाडपर्वका नाममा पोशाक किन्न बाध्य पारेको भन्ने गुनासो आएको भन्दै महानगरले चेतावनी दिएको हो ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाद्वारा जारी सूचनामा तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिएको छ ।

सूचनामा भनिएको छ, ‘कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारी लागि अनुरोध छ ।’



तपाईको प्रतिक्रिया

धेरैले पढेको