Techie IT
  • बिहीबार, वैशाख २०, २०८१ / Thursday, May 2, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारविद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न महानगरको निर्देशक

विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न महानगरको निर्देशक


काठमाडौं । विद्यालयमा अनुशासन इन्चार्ज अर्थात् (डीआई) नराख्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । विद्यार्थीलाई अनुशासन कायम गर्न भन्दै अनुशासन इन्चार्ज राख्दा विद्यार्थीमा भय सिर्जना भएको भन्दै नराख्न निर्देशन दिएको हो ।

अनुशासन इन्चार्जले विद्यार्थीमा डर सिर्जना गरी मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा अभिभावकबाट गुनासो प्राप्त भएकाले उक्त निर्देशन दिएको महानगरका शिक्षा अधिकारी सिताराम कोइरालाले जानकारी दिए । ‘विद्यार्थीमैत्री वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था हटाउन निर्देशन दिएका छौँ,’ कोइरालाले भने ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट