समाचार
नेपाल मेडिकल कलेजमा एमबीबीएस पढिरहेका २०० विद्यार्थी गन्हाउने खाना दिएको भन्दैं आन्दोलनमा

काठमाडौं—क्यान्टिनमा गन्हाउने खाना दिएको भन्दैं अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत २०० बढी विद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन् ।
आइतबारबाट कलेजको ओपीडी अगाडि बसेर आन्दोलन थालेका उनीहरुले यसअघि पटक—पटक खाना गुणस्तरबारे कलेज प्रशासनको ध्यानाकर्षण गराउँदा पनि सुुधार नभएपछि आन्दोलन गर्नु परेको बताएका छन् ।
ओपीडी ब्लक अगाडि ढोकैमा विद्यार्थीहरुले ‘कलेजको दादागिरी बन्द चल्दैन्’, ‘मेसमा कार्ड सिष्टम लागु गर’लगायतका नाराहरु लेखिएका प्ले कार्डहरु प्रदर्शन गरिरहेका छन् । एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले कलेजका अध्यक्ष, प्रबन्ध निर्देशकलाई दशैं अघि नै सबै विद्यार्थी गएर क्यान्टिनको गुणस्तर सुधार गर्न आग्रह गरेपनि नटेरेका कारण यस्तो अवस्था सिर्जना भएको बताए ।
एक विद्यार्थीले कलेज प्रशासनले क्यान्टिनको गुणस्तर सुधारमा ध्यान नदिएको र आफूहरुलाई बाहिर गएर खानसमेत नदिएर दादागिरी गरेको आरोप बताए । ‘गुणस्तरीय खाना भएन भनेर पटक—पटक निवेदन पनि दियौ,’ उनले भने, ‘क्यान्टिनले कहिले झिंगा परेको, कहिले चिसो खाना दिने, दालमा पिठो मिसाइदिने, बासी तरकारी दिने हुन थाल्यो ।’ त्यसका सुधारका लागि पटक—पटक विद्यार्थीहरुले आग्रह गरेका थिए ।
तर, कलेज प्रशासनले त्यसमा सुनुवाई नगरेपछि विद्यार्थीहरुले आन्दोलन सुरु गरेका हुन् । विद्यार्थीले क्यान्टिन शुल्कका रुपमा सुरुमै एक वर्षको १ लाख ५० हजार रुपैयाँ बुझाउने गर्छन् ।
ताजा अपडेट
- रिलायन्स पब्लिक स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया