समाचार
नेपाल मेडिकल कलेजमा एमबीबीएस पढिरहेका २०० विद्यार्थी गन्हाउने खाना दिएको भन्दैं आन्दोलनमा
काठमाडौं—क्यान्टिनमा गन्हाउने खाना दिएको भन्दैं अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत २०० बढी विद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन् ।
आइतबारबाट कलेजको ओपीडी अगाडि बसेर आन्दोलन थालेका उनीहरुले यसअघि पटक—पटक खाना गुणस्तरबारे कलेज प्रशासनको ध्यानाकर्षण गराउँदा पनि सुुधार नभएपछि आन्दोलन गर्नु परेको बताएका छन् ।
ओपीडी ब्लक अगाडि ढोकैमा विद्यार्थीहरुले ‘कलेजको दादागिरी बन्द चल्दैन्’, ‘मेसमा कार्ड सिष्टम लागु गर’लगायतका नाराहरु लेखिएका प्ले कार्डहरु प्रदर्शन गरिरहेका छन् । एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले कलेजका अध्यक्ष, प्रबन्ध निर्देशकलाई दशैं अघि नै सबै विद्यार्थी गएर क्यान्टिनको गुणस्तर सुधार गर्न आग्रह गरेपनि नटेरेका कारण यस्तो अवस्था सिर्जना भएको बताए ।
एक विद्यार्थीले कलेज प्रशासनले क्यान्टिनको गुणस्तर सुधारमा ध्यान नदिएको र आफूहरुलाई बाहिर गएर खानसमेत नदिएर दादागिरी गरेको आरोप बताए । ‘गुणस्तरीय खाना भएन भनेर पटक—पटक निवेदन पनि दियौ,’ उनले भने, ‘क्यान्टिनले कहिले झिंगा परेको, कहिले चिसो खाना दिने, दालमा पिठो मिसाइदिने, बासी तरकारी दिने हुन थाल्यो ।’ त्यसका सुधारका लागि पटक—पटक विद्यार्थीहरुले आग्रह गरेका थिए ।
तर, कलेज प्रशासनले त्यसमा सुनुवाई नगरेपछि विद्यार्थीहरुले आन्दोलन सुरु गरेका हुन् । विद्यार्थीले क्यान्टिन शुल्कका रुपमा सुरुमै एक वर्षको १ लाख ५० हजार रुपैयाँ बुझाउने गर्छन् ।
ताजा अपडेट
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया