Techie IT
  • सोमबार, वैशाख ३१, २०८१ / Tuesday, May 14, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारत्रिविको उपकुलपतिका लागि कति जनाको पर्यो आवेदन ?

त्रिविको उपकुलपतिका लागि कति जनाको पर्यो आवेदन ?


 

काठमाडौं । लामो रस्साकस्सीका बीच आवेदन खुलाइएको त्रिविको उपकुलपति पदमा हालसम्म १६ जनाले आवेदन दिएका छन् । उपकुलपति सिफारिस समितिका एक सदस्यका अनुसार आइतबारसम्म १६ जनाको आवेदन परेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिले सोमबारसम्मका लागि आवेदन दिन मिति तोकिएको छ । उसो त सोमबारसम्म अझै आवेदन पर्न सक्ने ती सदस्यले जानकारी दिए ।
आज आइतबार त्रिविका पूर्व डीन गुणनिधी न्यौपाने, परीक्षा बोर्डका पूर्व अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले आवेदन दिएका छन् । यी बाहेक अन्य व्यक्ति क–कसले आवेदन दिए भन्ने बारे समितिले खुलाउन चाहेन ।

उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल १६ कात्तिक २०८० मा सकिएपछि शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको छ । उनी समेत उपकुलपतिको रेसमा छन् । भिसीका लागि अन्य प्राध्यापकहरूले समेत तयारी गरेका छन् ।

उपकुलपति नियुक्तिका लागि पहिलोपटकको दरखास्त आह्वानमा विरोध भएपछि २३ पुसमा दोस्रो पटक सूचना निकालेको थियो । पहिलो पटक २० पुसमा सार्वजनिक गरेको सूचनामा विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा खुलाउनुपर्ने विषयसमेत समेटिएपछि आलोचना भएको थियो ।

त्यसपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले पहिलो पटक प्रकाशन गरेको विज्ञापन रद्द गरी दोस्रो पटक सूचना निकालिएको थियो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट