समाचार
गंगालाल हृदय केन्द्रलाई छिट्टै प्रतिष्ठान बनाउँछौ : स्वास्थ्यमन्त्री
काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गंगालाल हृदय केन्द्रलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन् । सोमबार केन्द्रको २८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले केन्द्रलाई प्रतिष्ठान बनाउने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए ।
उनले मुटु रोगको उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको बताए। ‘गंगालाल हृदय केन्द्रलाई प्रतिष्ठानको रुपमा अगाडि बढाए मात्र भविष्यमा हुनसक्ने जनशक्ति अभावको समस्या समाधान गर्न सकिन्छ भन्ने ठानेर नै सरकारले प्राथमिकतामा राखेर अगाडि प्रतिष्ठान बनाउने काम अगाडि बढेको छ,’ उनले भने ।
विद्यमान चिकित्सा शिक्षा ऐनका कारण अहिले कयौं विद्यार्थी चिकित्सा शिक्षा अध्ययनकै लागि विदेश जानु परेको स्मरण गर्दै मन्त्री बस्नेतले सरकारले चाडै चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर देशलाई मेडिकल शिक्षाको हबका रुपमा विकास गर्ने दावी गरे । गंगालाल हृदय केन्द्रले मुटु रोगको उपचारका क्षेत्रमा देशमा मात्र नभएर दक्षिण एसियामै आफूलाई अब्बल सावित गरिसकेको बताउँदै उनले देशका अरु अस्पतालहरुले पनि गंगालालबाट सिक्नुपर्ने बताए ।
कार्यक्रममा शहीद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले केन्द्रले गत वर्ष मात्र एक हजार ८ सय ३८ जनाको मुटुको सल्यक्रिया गरेको जानकारी दिदैं सरकारले प्रतिष्ठान नबनाए भविष्यमा कार्डियाक सर्जनको अभाव हुने बताए । उनले विगत ७ वर्षदेखि कार्डियाक सर्जरी विधामा कोही भर्ना हुन नआएको बताउँदै त्यो अवस्था अन्त गर्नका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको औल्याए ।
कार्यक्रममा सांसद प्रदीप पौडेलले गंगालालले आत्मनिर्भर भएर उदाहरणीय अस्पतालको रुपमा आफूलाई उभ्याएको र अन्य अस्पतालहरुले पनि पाठ सिक्नु पर्ने बताए । वि.सं २०५२ सालमा ९ शैय्याबाट सुरु भएको गंगालाल हृदय केन्द्र अहिले ३०० शैय्यामा सञ्चालित छ ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया