त्रिविको उपकुलपतिका लागि १४ जनाको नाम सर्टलिष्ट, कुशुम शाक्य पहिलो नम्बरमा
काठमाडौं—त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले १४ जनाको नाम सर्टलिष्ट गरेको छ । समितिले व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्र मुल्यांकनका आधारमा ४३ जना आवेदकमध्येबाट १४ जनाको नाम सर्टलिष्ट गरेर सार्वजनिक गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धि कार्यविधी, २०८० बमोजिम १४ जनाको नाम सर्टलिष्ट गरिएको हो । शिक्षामन्त्री अशोककुमार राई अध्यक्ष रहेको सिफारिस समितिले उपकुलपतिका आवेदकहरुले बुझाएको ३५ अंकको सोचपत्र र कार्ययोजना विज्ञहरुबाट मुल्यांकन गराएको थियो ।
त्यसबाहेक अनुसन्धान, पुस्तक प्रकाशन, विद्यावारिधी, प्राध्यापकको अनुभव, विश्वविद्यालय पदाधिकारी गरी १ सय ६५ पूर्णांकमा बढी अंक ल्याउने १४ जनाको नाम समितिले मेरिटका आधारमा सार्वजनिक गरेको हो ।
जसमा मेरिटका आधारमा क्रमसः काठमाडौंकी कुशुम शाक्य, पाल्पाका केशरजंग बराल, काठमाडौंका गोविन्द सुवेदी, बाग्लुङका चित्रबहादुर बुढाथोकी, नवलपरासीका ज्ञानेन्द्रप्रसाद पौडेल, ओखलढुंगाका टंकनाथ धमला, चितवनका तीर्थराज खनियाँ, अर्घाखाँचीका नारायणप्रसाद बेलवासे, काठमाडौंका प्रकाश घिमिरे र भोजराज अर्याल रहेका छन् । यसैगरी, बाग्लुङका महेन्द्रप्रसाद शर्मा, काठमाडौंका रामचन्द्र बस्नेत, अर्घाखाँचीका शिवलाल भुसाल र गुल्मीका सुर्यबहादुर थापा रहेका छन् ।
छनोट भएका १४ जनाबाट समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणमा उत्कृष्टताका आधारमा तीन जनाको नाम उपकुलति नियुक्तिका लागि प्रधानमन्त्री तथा विश्वविद्यालयका उपकुलपति पुष्पकमल दाहाललाई सिफारिस गर्नेछ । दाहालले सिफारिस भएका तीन जनामध्येबाट एक जनालाई उपकुलपति नियुक्त गर्नेछन् ।

ताजा अपडेट
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया