Techie IT
  • शुक्रबार, असार २७, २०८२ / Saturday, July 12, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारत्रिविको उपकुलपतिका लागि १४ जनाको नाम सर्टलिष्ट, कुशुम शाक्य पहिलो नम्बरमा

त्रिविको उपकुलपतिका लागि १४ जनाको नाम सर्टलिष्ट, कुशुम शाक्य पहिलो नम्बरमा


काठमाडौं—त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले १४ जनाको नाम सर्टलिष्ट गरेको छ । समितिले व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्र मुल्यांकनका आधारमा ४३ जना आवेदकमध्येबाट १४ जनाको नाम सर्टलिष्ट गरेर सार्वजनिक गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धि कार्यविधी, २०८० बमोजिम १४ जनाको नाम सर्टलिष्ट गरिएको हो । शिक्षामन्त्री अशोककुमार राई अध्यक्ष रहेको सिफारिस समितिले उपकुलपतिका आवेदकहरुले बुझाएको ३५ अंकको सोचपत्र र कार्ययोजना विज्ञहरुबाट मुल्यांकन गराएको थियो ।

त्यसबाहेक अनुसन्धान, पुस्तक प्रकाशन, विद्यावारिधी, प्राध्यापकको अनुभव, विश्वविद्यालय पदाधिकारी गरी १ सय ६५ पूर्णांकमा बढी अंक ल्याउने १४ जनाको नाम समितिले मेरिटका आधारमा सार्वजनिक गरेको हो ।

जसमा मेरिटका आधारमा क्रमसः काठमाडौंकी कुशुम शाक्य, पाल्पाका केशरजंग बराल, काठमाडौंका गोविन्द सुवेदी, बाग्लुङका चित्रबहादुर बुढाथोकी, नवलपरासीका ज्ञानेन्द्रप्रसाद पौडेल, ओखलढुंगाका टंकनाथ धमला, चितवनका तीर्थराज खनियाँ, अर्घाखाँचीका नारायणप्रसाद बेलवासे, काठमाडौंका प्रकाश घिमिरे र भोजराज अर्याल रहेका छन् । यसैगरी, बाग्लुङका महेन्द्रप्रसाद शर्मा, काठमाडौंका रामचन्द्र बस्नेत, अर्घाखाँचीका शिवलाल भुसाल र गुल्मीका सुर्यबहादुर थापा रहेका छन् ।

छनोट भएका १४ जनाबाट समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणमा उत्कृष्टताका आधारमा तीन जनाको नाम उपकुलति नियुक्तिका लागि प्रधानमन्त्री तथा विश्वविद्यालयका उपकुलपति पुष्पकमल दाहाललाई सिफारिस गर्नेछ । दाहालले सिफारिस भएका तीन जनामध्येबाट एक जनालाई उपकुलपति नियुक्त गर्नेछन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको