कानून विपरित सञ्चालित वीर अस्पताल छेउका दुई वटा फार्मेसी बन्द
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधि व्यवस्था विभागका अधिकारीहरुको समेत निरीक्षण पछि कानून विपरित महंगोमा औषधि विक्रिबितरण गरिरहेका वीर अस्पताल छेउकै दुई वटा फार्मेसी बन्द गरिएको छ । वीर अस्पतालको नयाँ भवन (सर्जिकल) को छेउमै गुठीको जग्गामा निजीस्तरमा सञ्चालन गरिएका उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महंगोमा विरामीलाई बिक्रि वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको हो ।
बिरामीलाई आवश्यक पर्ने औषधि वीर अस्पताल भित्रका फार्मेसीमा नपाउने र वीरका निर्देशकले मिलेमतोमा विरामीलाई बाहिरका फार्मेसीबाट महंगो औषधि किनाउने गरेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले औषधि व्यवस्था विभागका विज्ञहरु र मन्त्रालयका अधिकारी लिएर बिहीबार आकस्मिक रुपमा वीर अस्पतालले सञ्चालन गरेका अस्पताल भित्र रहेका फार्मेसी र अस्पताल बाहिर नीजि स्तरमा सञ्चालनमा रहेका फार्मेसीहरुको अनुगमन गरेका थिए ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटा, डा. दीपेन्द्ररमण सिंह र निति तथा योजना डा.कृष्ण पौडेल र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा सिनियर फर्मासिस्टहरु, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीसहितको विज्ञ टोली वीर अस्पताल पुगेको थियो ।
अनुगमनमा स्वास्थ्य मन्त्री बस्नेत आफू नै सहभागी भएका थिए । वीरलगायत अधिकांश सरकारी अस्पतालहरुले आफुले सञ्चालन गरेका फार्मेसीहरुमा बिरामीलाई चाहिने औषधि उपलब्ध नगराएर बाहिरका निजी फार्मेसीहरुसँगको कमिसनको मिलेमतोमा महँगोमा औषधि किनाउने गरेको गुनासो आएपछि आकस्मिक निरीक्षण गर्नु परेको मन्त्री बस्नेतले जानकारी दिए । मन्त्री बस्नेतले भने, ‘वीर लगायतका सरकारी अस्पतालहरुका फार्मेसीमा विरामीलाई आवश्यक पर्ने औषधि नराख्नुको कारण पत्ता लगाएर समाधान खोज्न अनुगमन गरिएको हो । जनतालाई अस्पतालकै फार्मेर्सीबाट न्युनतम मूल्यमा सहज रुपमा औषधि उपलब्ध गराउनु पर्छ । कसैको मिलेमतो र कमिसनको चक्करमा विरामीले महंगोमा औषधि किन्नु पर्ने बाध्यता हटाउनु पर्छ । ’ अनुगमनको रिपोर्ट आएपछि वीर लगायत देशभरिकै सरकारी अस्पतालहरुमा सहज रुपमा अस्पतालकै फार्मेसीबाट औषधि उपलब्ध गराइने व्यवस्था गर्ने मन्त्री बस्नेतले बताए ।
अनुगमनका क्रममा वीर अस्पताल भित्र सञ्चालनमा रहेका तीन वटै फार्मेसीमा आवश्यक औषधि फेला नपरेको अतिरिक्त सचिव डा. विकाश देवकोटाले बताए । भित्रै उपलब्ध हुने औषधिको लागि समेत बाहिरबाट किनेर ल्याउनु पर्ने बाध्यता रहेको विरामीहरुले गुनासो गरेका छन् । अस्पताल बाहिरका दुई वटा फार्मेसी निरीक्षण गर्दा भद्रगोल अवस्था देखेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए । सत्यम र उपकार फर्माले औषधि व्यवस्था विभागमा दर्ता नै नभएका औषधि विक्रीबितरण गरिरहेको, म्याद गुज्रेका औषधि विक्रीवितरण गरिरहेको र औषधिको भण्डारण पनि सही ढंगले नगरेको पाइएपछि दुई फार्मेसी बन्द गर्ने निर्णय गरेको महानिर्देशक ढकालले जानकारी दिए । अन्य फार्मेसीहरुको पनि निरन्तर अनुगमन गरेर निर्णय लिइने ढकालले बताए ।
ताजा अपडेट
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
- नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा आमाको मुख हेर्ने दिनमा स्वास्थ्य सेवामा विशेष छुट
- एसइईपछि नतिजा पर्खिरहेका विद्यार्थीका लागि ‘इन्स्पायर सिरिज’ सुरु गर्दै मन्त्रालय
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन
- रिलायन्सद्वारा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा, नगदसहित छात्रवृत्तिको अवसर
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया