Techie IT
  • शनिबार, असोज २४, २०८३ / Saturday, October 10, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त

समाचार

राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त


काठमाडौं—राष्ट्रिय परीक्षा वोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । बुधबार शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई वोर्डको सदस्य सचिवमा नियुक्त गरेकी हुन् ।

यसअघिका सदस्य सचिव दुर्गाप्रसाद अर्यालको कार्यकाल सकिएपछि परीक्षा वोर्डको सदस्य सचिव पद रिक्त थियो ।

‘राष्ट्रिय परीक्षा वोर्डका आफ्नै कार्यक्रमहरु छन्,’ सदस्यसचिव नियुक्त भएपछि एजुकेशन समाचारसँग प्रतिक्रिया दिदैं उनले भने, ‘अध्यक्षज्यू र बोर्डका अन्य साथीहरुसँग मिलेर त्यसलाई हामी दृढतापूर्वक कार्यन्वयन गर्छौ ।’



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको