काठमाडौं । काठमाडौं बसुन्धारास्थित साउथवेस्टन स्टेट कलेजमा पिपल चौतारी गजल साँझ २०८१ सम्पन्न भएको छ । साउथवेस्टन साहित्य समाजको आयोजनामा हिजो (शुक्रबार) गजल साँझ सम्पन्न भएको हो ।
नेपाली कला र साहित्यको विकासमा योगदान दिँदै आएको साउथवेष्टन स्टेट कलेजले साहित्यिक समाजको गठन गरी २०६८ सालदेखि नियमित गजल साँझ गर्दै आएको छ । यसलाई अझै परिस्कृत रुपमा निरन्तरता दिने साउथ वेष्टन साहित्य समाजका अध्यक्ष राजेन्द्रप्रसाद लामिछानेले जानकारी दिए । ‘हामीले नेपाली कला साहित्यलाई विकास गर्ने उद्धेश्यले हरेक वर्ष पिपल चौतारीमा साहित्यिक अनुुरागीहरुलाई निमन्त्रणा गरी साहित्यमा रम्दै रमाउँदै आएका छौँ,’ उनले भने, ‘यो कार्यक्रमले पक्कै पनि नेपाली साहित्यमा एउटा इँटा थप्ने काम गरेको छ भन्ने विश्वास लिएको छु, हामी यसलाई अझै परिस्कृत गर्दै लैजानेमा दृढ छौँ ।’
गजल साँझमा तीन दर्जनभन्दा बढी साहित्यकारहरुले प्रस्तुति दिएका थिए । जसमा अधिकांशले गजल प्रस्तुत गरेका थिए । लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ साहित्यकार रामबहादुर पहाडीकोको प्रमुख आतिथ्यता रहेको थियो ।
त्रिभुवनचन्द्र वाग्लेले सञ्चालन गरेको कार्यक्रममा ललिजन रावल, रवि प्रान्ज्वल, वियोगी बुढाथोकी, करुण थापा, डा. शैलेन्द्रुुप्रकाश नेपाल, सन्तोष अम्गाईं, मानन्धर अभागी, भैरवी भुगोल, बलराम दाहाल, घनेन्द्र ओझा, राधा कँडेल, दिपेश घिमिरे, भाग्यशाली अधिकारी, उदास कार्की, मिलन अधिकारी, संगीतकार सन्तोष श्रेष्ठ, बिदुर तिमिल्सिना, उत्तम विचार, गणेश खतिवडा, पौडेले विमुन्स, आँचल कुमार, अञ्जान यात्री लगायतले आफ्नो सिर्जना प्रस्तुत गरेका थिए ।
गजल साँझको सुरुवातमा साहित्य समाजकी कोषाध्यक्ष रेणुका भण्डारीले कार्यक्रममा उपस्थित साहित्यिक अनुरागीहरुलाई मन्तव्यमार्फत स्वागत गरेकी थिइन् ।
कार्यक्रमका विशेष अतिथि साउथवेस्टन स्टेट कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले गजलकारका सेरले पिपल चौतारी साँच्चै चौतारी जस्तो भएको बताए । ‘सधैं एक्लो रहने पिपल चौतारी आज साहित्यकारका साहित्यिक रचनाले मन्त्रमुुग्ध भएको छ,’ उनले भने, ‘आगामी दिनहरुमा पनि हामी यसलाई निरन्तरता दिने छौँ ।’
चौतारीमा संस्कृति, राजनीति, राष्ट्रप्रेम, प्रेमभाव, घरायसीदेखि आकाश छुनेसम्मका सिर्जनाहरु प्रस्तुत भएको उनले बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘पिपल चौतारीले काब्यिक प्रेम बाँडेको मलाई अुनुुभूूति भएको छ ।’
कार्यक्रममा डा. शैलेन्द्रुुप्रकाश नेपालले यस कार्यक्रमको निरन्तरताको कामना गरे । कार्यक्रममा बोल्ने क्रममा उनले गजलसमेत सुनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रामबहादुर पहाडीले एउटा शैक्षिक संस्थाले साहित्यको क्षेत्रमा पुुर्याएको योगदानको कदर गर्दै गजलसमेत सुनाएका थिए ।
ताजा अपडेट
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया