समाचार
५ वर्षपछि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक
काठमाडौं—सरकारले ५ वर्ष ४ महिनापछि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७५ को प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले आयोगले प्रतिवेदन बुझाएको ५ महिना ४ वर्षपछि प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदन सार्वजनिक गनुपूर्व बिहीबार दिउँसो शिक्षामन्त्री सुमना श्रेष्ठले आयोगका सदस्यहरुसँग छलफल गरेकी थिइन् । उक्त छलफलमा सहभागीहरु आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्रीलाई सुझाव दिएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र आयोगका सदस्यको राय लिएपछि मन्त्री श्रेष्ठले बिहीबार साँझ मन्त्रालयको वेवसाइटमार्फत उक्त प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएकी थिइन् । सोहीअनुसार मन्त्रालयले साँझ प्रतिवेदन सार्वजनिक गरेको हो ।
तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २ असार २०७५ मा बनेको उक्त आयोगमा दुई जना पूर्व शिक्षामन्त्री गंगालाल तुलाधर र धनीराम पौडेलसहित २५ सदस्य रहेका थिए । जसमध्ये नेपाल शिक्षक महासंका अध्यक्ष बाबुराम थापा आमन्त्रित सदस्य रहेका थिए ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया