समाचार
५ वर्षपछि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं—सरकारले ५ वर्ष ४ महिनापछि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७५ को प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले आयोगले प्रतिवेदन बुझाएको ५ महिना ४ वर्षपछि प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदन सार्वजनिक गनुपूर्व बिहीबार दिउँसो शिक्षामन्त्री सुमना श्रेष्ठले आयोगका सदस्यहरुसँग छलफल गरेकी थिइन् । उक्त छलफलमा सहभागीहरु आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्रीलाई सुझाव दिएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र आयोगका सदस्यको राय लिएपछि मन्त्री श्रेष्ठले बिहीबार साँझ मन्त्रालयको वेवसाइटमार्फत उक्त प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएकी थिइन् । सोहीअनुसार मन्त्रालयले साँझ प्रतिवेदन सार्वजनिक गरेको हो ।
तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २ असार २०७५ मा बनेको उक्त आयोगमा दुई जना पूर्व शिक्षामन्त्री गंगालाल तुलाधर र धनीराम पौडेलसहित २५ सदस्य रहेका थिए । जसमध्ये नेपाल शिक्षक महासंका अध्यक्ष बाबुराम थापा आमन्त्रित सदस्य रहेका थिए ।
ताजा अपडेट
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया