समाचार
सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द नगर्न उच्च अदालतको आदेश

काठमाडौं—उच्च अदालत पाटनले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीस लेखनाथ पौडेलको इजलासले काठमाडौं महानगरका नाममा ७ असारसम्मका लागि भाडाका सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
महानगरपालिकाले सामुदायिक विद्यालयहरुले भाडामा लगाएका सटरमा ताला लगाउन थालेको थियो । महानगरको उक्त कार्य रोक्नुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पाटनमा रिट दर्ता भएको थियो । उक्त रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले ७ असारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
यसअघि काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुमा ताला लगाएको थियो । महानगरले सामुदायिक विद्यालयले व्यवसायिक प्रयोजनका लागि सटर भाडामा लगाउन नपाउने भन्दैं ताला लगाएको थियो ।
महानगरको शिक्षा विभाग र महानगर प्रहरीले टोलीले महानगरभित्रका ३७ वटा सामुदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरुमा ताला लगाएको थियो ।
ताजा अपडेट
- नर्सिङ अध्ययन गर्न चाहनेलाई गोकर्णेश्वर नगरपालिकाले ५० प्रतिशत छात्रवृत्ति दिने
- अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकमाथि त्रिविको डण्डा, झण्डै २ अर्ब निवृत्तिभरण कोषमा जम्मा हुँदै
- रिलायन्स पब्लिक स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया