समाचार
नन ग्रेडिङका सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउन शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौं—शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले एसईईमा नन ग्रेडिङ (एनजी) आएका सबै विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षामा सहभागीमा गराउन निर्देशन दिएको छ । शुक्रबार शिक्षा मन्त्री सुमना श्रेष्ठको निर्देशनपछि मन्त्रालयले एनजी आएका सबै विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षामा सहभागी गराउन निर्देशन दिएको हो ।
‘शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षामा ग्रेडसिट प्राप्त गर्न नसकेका विद्यार्थीहरुका लागि तत्काल संचालन गरिने ग्रेड वृद्धि परीक्षामा दुई विषयको सट्टा सबै विषयका सबै विद्यार्थीलाई सहभागी हुने गरी परीक्षा व्यवस्थापन गर्ने,’ मन्त्रालयको निर्देशनमा छ ।
त्यसका लागि निर्देशिका परिवर्तन गर्नुपर्नेमा भएमा त्यो पनि कानुनअनुसार परिमार्जन गर्न मन्त्रालयले निर्देशन दिएको हो । यसअघि निर्देशिका बमोजिम राष्ट्रिय परीक्षा बोर्डले दुई विषयमा एनजी आएका विद्यार्थीलाई मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी गराउने तयारी गरेको थियो ।
बिहीबार प्रकाशित एसईईको नतिजामा ठूलो संख्यामा विद्यार्थी फेल भएपछि त्यसको चौतर्फी आलोचना भएको थियो । उक्त आलोचनापछि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको हो ।
बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी)मा परेका छन् । यो संख्या परीक्षामा सहभागी जम्मा विद्यार्थीको ५२.१४ प्रतिशत हो ।
बोर्डले लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको थियाे । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक हुने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २७ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरिन्छ ।
तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक पाएको छैन भने प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, ग्रेडवृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।
निर्देशिकामा दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था छ ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया