बागमती प्रदेश : एक लाखले एसइई परीक्षा दिँदै

काठमाडौं । बागमती प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई परीक्षा) मा एक लाख एक हजार सात सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन् ।
गत वर्षको तुलनामा यस वर्ष परीक्षा दिने विद्यार्थीको सङ्ख्या कम रहेको बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गत वर्ष एक लाख सात हजार छ सय २५ विद्यार्थी परीक्षामा सहभागी थिए ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालनमा रहेको परीक्षा भोलि १७ गते शुक्रबारदेखि सुरु हुने र परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको निर्देशनालयका सूचना अधिकारी शारदा मैनालीले जानकारी दिइन् । बागमती प्रदेशको १३ वटै जिल्लामा सो परीक्षाका लागि जनशक्ति परिचालन, परीक्षा केन्द्रको निर्धारण, प्रश्नपत्र र कापी पुर्याउनेलगायतका काम भइसकेको उनले बताइन् ।
यही चैत २९ गतेसम्म हुने उक्त परीक्षाका लागि बागमती प्रदेशभरिमा चार सय ३४ परीक्षा केन्द्र कायम भएको बताइएको छ । यो वर्षको एसइई परीक्षामा सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ३६ हजार पाँच सय ७७ र सबैभन्दा कम रसुवा जिल्लाबाट छ सय २८ विद्यार्थीले परीक्षा दिने भएका छन् ।
निर्देशनालयका अनुसार काठमाडौंमा एक सय २३ र रसुवामा पाँचवटा परीक्षा केन्द्र तोकिएको छ । शान्तिपूर्णरूपमा परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको तथा परीक्षा तालिकाअनुसार भोलि चैत १७ गते बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिए । प्रशनपत्र नजिकको प्रहरी चौकी र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुर्याउने काम भइसकेको तथा सुरक्षाको व्यवस्थासमेत भइसकेको छ ।
ताजा अपडेट
- नर्सिङ अध्ययन गर्न चाहनेलाई गोकर्णेश्वर नगरपालिकाले ५० प्रतिशत छात्रवृत्ति दिने
- अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकमाथि त्रिविको डण्डा, झण्डै २ अर्ब निवृत्तिभरण कोषमा जम्मा हुँदै
- रिलायन्स पब्लिक स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया