बागमती प्रदेश : एक लाखले एसइई परीक्षा दिँदै
काठमाडौं । बागमती प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई परीक्षा) मा एक लाख एक हजार सात सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन् ।
गत वर्षको तुलनामा यस वर्ष परीक्षा दिने विद्यार्थीको सङ्ख्या कम रहेको बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गत वर्ष एक लाख सात हजार छ सय २५ विद्यार्थी परीक्षामा सहभागी थिए ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालनमा रहेको परीक्षा भोलि १७ गते शुक्रबारदेखि सुरु हुने र परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको निर्देशनालयका सूचना अधिकारी शारदा मैनालीले जानकारी दिइन् । बागमती प्रदेशको १३ वटै जिल्लामा सो परीक्षाका लागि जनशक्ति परिचालन, परीक्षा केन्द्रको निर्धारण, प्रश्नपत्र र कापी पुर्याउनेलगायतका काम भइसकेको उनले बताइन् ।
यही चैत २९ गतेसम्म हुने उक्त परीक्षाका लागि बागमती प्रदेशभरिमा चार सय ३४ परीक्षा केन्द्र कायम भएको बताइएको छ । यो वर्षको एसइई परीक्षामा सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ३६ हजार पाँच सय ७७ र सबैभन्दा कम रसुवा जिल्लाबाट छ सय २८ विद्यार्थीले परीक्षा दिने भएका छन् ।
निर्देशनालयका अनुसार काठमाडौंमा एक सय २३ र रसुवामा पाँचवटा परीक्षा केन्द्र तोकिएको छ । शान्तिपूर्णरूपमा परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको तथा परीक्षा तालिकाअनुसार भोलि चैत १७ गते बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिए । प्रशनपत्र नजिकको प्रहरी चौकी र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुर्याउने काम भइसकेको तथा सुरक्षाको व्यवस्थासमेत भइसकेको छ ।
ताजा अपडेट
- रिलायन्स पब्लिक स्कुलद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई विदाइ तथा सम्मान
- एसईईको उत्तरपुस्तिका पुनर्योगका लागि ३३ हजारभन्दा बढी निवेदन, नतिजा आउन अझै समय लाग्ने
- जेठ १४ गते सार्वजनिक बिदा
- नामअघि ‘Dr.’ लेखेर सर्वसाधारण झुक्याउनेलाई अब कडा कारबाही
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया