सतर्कता केन्द्रले पत्र काटेपछि के भन्छिन् शिक्षामन्त्री सुमना श्रेष्ठ ? (भिडियोसहित)
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई राष्ट्रिय सतर्कता केन्द्रले पत्र काटेको छ । उनीमाथि पोल्याण्डको पीआर लिएको विषयमा उजुरी परेपछि केन्द्रले सो विषयमा बुझ्न भन्दै पत्र काटेको हो ।
श्रेष्ठले नेपाली नागरिकतासँगै यूरोपेली देश पोल्याण्डको पीआर लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सतर्कता केन्द्रलाई पत्राचार गरेर आवश्यक अनुसन्धान गर्न भनेको थियो । सोही आधारमा केन्द्रले शिक्षामन्त्री श्रेष्ठलाई पत्राचार गरेर त्यसबारे जवाफ माग गरेको हो ।
यो विषयमा मन्त्री श्रेष्ठले ट्वीटरमा मिनेट ४८ सेकेण्डको भिडियो सार्वजनिक गर्दै जानकारी गराएकी हुन् । उनले सतर्कता केन्द्रले पठाएको पत्र देखाउँदै भनेकी छिन्, ‘मेरो बारेमा आवश्यक अनुसन्धान गरी पाउँ भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको रहेछ । यसमा राय प्रतिक्रिया सम्बन्धमा सतर्कता केन्द्रले मलाई पत्र लेखेको हो ।’
मन्त्री श्रेष्ठले नेपाली नागरिकताका साथै युरोपियन मुलुकको दोहोरो परिचय पत्र लिएको भन्ने आरोप आफूमाथि लागेको बताइन् । ‘यो गम्भीर विषयमा आवश्यक अनुसन्धानका लागि सघाउँछु,’ उनले भनिन्, ‘अहिलेसम्म मैले २० वटाभन्दा बढी देशको भ्रमण गरिसकेँ, तर कुनै पनि देशको स्थायी प्रमाणपत्र लिएको छैन ।’
यस्ता खालका परिचयपत्र लिने प्रक्रियाका बारेमा समेत आफू अनभिज्ञ रहेको उनी बताउँछिन् । ‘मेरो श्रीमान पोल्याण्डको नागरिक हुनुहुन्छ तर, अहिले म मन्त्री जति दिन भएँ त्यो भन्दा थोरै दिन पोल्याण्ड बसेकी छु,’ उनी भन्दै थिइन्, ‘त्यसकारण म पोल्याण्डको पीआर पाउनका लागि योग्य नागरिक होइन ।’
कोही नेपालीले विदेशी नागरिकसँग विवाह गर्दैमा त्यहाँको नागरिकता लिइहाल्छ भन्ने ुगलत मानसिकताले यो उजुरी परेको हुनसक्ने उनको बुझाई छ । ‘मैले कोही विदेशीसँग विवाह गर्दैमा उसको देशको पीआर लिन्छु भन्नु गलत सोचाइ हो,’ उनले भनिन्, ‘यो पत्र आएपछि मात्र पोल्याण्डको पीआर लिने प्रक्रियाबारे बुझेँ त्यो बुझ्न १० देखि १५ घण्टा लाग्यो ।’
ताजा अपडेट
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
- डा. गोविन्द केसीले तोडे अनसन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया