इन्टरनेशनल प्रसिडेन्ट फ्याब्रीसियोको उपस्थितिमा लायन्स डिष्ट्रिक्ट ३२५ ई नेपालको पहिलो बैठक सम्पन्न
काठमाडौं । लायन्स डिष्ट्रिक्ट ३२५ ई नेपालको पहिलो क्याबिनेट अफिसर इन्टलेसन एण्ड फस्ट क्याबिनेट बैठक सम्पन्न भएको छ । लायन्सको इन्टरनेशनल प्रेसिडेन्ट फ्याब्रीसियो एलिभेराको प्रमुख आतिथ्यतामा काठमाडौंको चुच्चेपाटीस्थित हायत होटलमा बैठक सम्पन्न भएको हो ।
लायन्सको १०८ वर्षे इतिहासमै पहिलोपटक इन्टरनेशनल प्रेसिडेन्टको उपस्थितिमा उक्त बैठकमा विभिन्न १७ वटा क्लबले संयुक्त रुपमा आयोजना गरेका थिए । बैठकमामा फर्स्ट लेडी अमारीलेस एलिभेरासमेतको उपस्थिति रहेको थियो ।
बैठकमा क्याबिनेट अफिसरहरूलाई इन्टरनेशनल पिन र प्रमाणपत्र वितरण गरिएको थियो । १५ वटा जिल्लाका डिष्ट्रिक्ट गर्भनरसहित झन्डै सात सय भन्दा बढी लायन लिडरको बैठकमा सहभागिता रहेको थियो । लायन्सका यस्ता बैठक वर्षेनी चारवटासम्म हुने गर्दछ ।
बैठकमा इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, पास्ट इन्टरनेशनल डाइरेक्टर संजय खेतान लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । बैठकको अध्यक्ष एवम् डिष्ट्रिक्ट गभर्नर रामशरण बस्नेतले विश्वमा नै यो वर्ष डिष्ट्रिक्ट हप्ता सबैभन्दा बढी सेवा गतिविधिहरू सफलतापूर्वक सम्पन्न गरी ‘माइ लियोन पोर्टल’मा रिपोर्टिङ गरेर डिष्ट्रिक्ट ३२५ ई पहिलो भएकोमा खुसी व्यक्त गरे ।
त्यस्तै, बैठकमा मल्टिपल को–अर्डिनेटर पास्ट डिष्ट्रिक्ट गभर्नर अनन्तप्रसाद भेटुवालले इन्टरनेशनल प्रेसिडेन्टको परिचय पोर्चुगिज भाषामा गराउँदा हलले प्रशंसा गरेको थियो । उक्त परिचयको इन्टरनेशनल प्रेसिडेन्टलेसमेत प्रशंसा गरेका थिए ।
ताजा अपडेट
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया