७० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै नेपाल इन्जिनियरिङ कलेज

काठमाडौं– चागुँनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजले ७० जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कलेजले ७० जनालाई छात्रवृत्ति प्रदान गर्ने जनाएको हो ।
विश्वविद्यालयको १० प्रतिशत छात्रवृत्तिसँगै वडा, नगरपालिका, प्रदेश छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, सेमेस्टर टपर छात्रवृत्ति समेत प्रदान गर्दै आएको कलेजले जनाएको छ । यसका लागि कलेजले वार्षिक १५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।
नेपाल इन्जिनियरिङ कलेजका सञ्चालन समितिको अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नेपालमै सर्वशुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने संस्था रहेको भन्दै युवाहरु बाहिरिन नपर्ने बताए । साथै, सबै विद्यार्थीहरुलाई विदेश नगई देशमै बस्न आग्रह गरेका छन् ।
उनले भने, ‘नेपाल इन्जिनियरिङ कलेज विशुद्ध सर्वशुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको शैक्षिक संस्था हो । कलेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित सञ्चालक समितिमार्फत सञ्चालनमा रहेको छ । यसले राम्रो शिक्षा प्रदान गरेको छ र समय अनुसार अन्य विषयहरु पनि सुरुवात गर्ने भएको हुनाले यो बारे सबैलाई जानकारी गराउन अनुरोध गर्न चाहन्छु ।’ उनले पछिल्लो समय कक्षा १२ पास गर्ने वित्तिकै सीप र क्षमता विना विद्यार्थीहरु उच्च शिक्षाको नाममा बिदेश जाने प्रवृत्ति बढेको पनि बताए ।
विद्यार्थीहरु आफैं काम गरेर कमाएर पढ्नुपर्ने, विदेश आएको लाखौ ऋणको दायित्व पनि वहन गर्नुपर्ने परिस्थिति सृजना हुँदा शारीरिक र मानसिक रुपमा विछिप्त बन्दै गलत बाटोमा हिड्न सक्ने सम्भावना पनि रहेको उनको भनाई छ ।
उनले नेपालको शिक्षा अन्तर्राष्ट्रियस्तरको रहेको भन्दै नेपालमै इन्जिनियरिङ गरेका विद्यार्थीहरु विश्वका धेरै देशहरुमा प्रतिष्ठित कम्पनी र क्षेत्रमा सफलतापूर्वक अगाडि बढिरहेको भन्दै प्रश्न उठाउने ठाउँ नरहेको बताए ।
कलेजका सहायक प्राध्यापक यमकृष्ण पौडेलले पोखरा विश्वविद्यालयले केही समय अगाडिमात्रै पाठ्यक्रमहरू समय सापेक्ष संशोधन गरिसकेको बताए । नेपाल इन्जिनियरिङ कलेजले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ ।
‘इन्जिनियरिङ विधाका सबै पाठ्यक्रमहरू विश्वव्यापी एकरूपता हुन्छ,’ उनले भने, ‘नेपालमै इन्जिनियरिङ गरेका विद्यार्थीहरू विश्वका धेरै देशहरुमा प्रतिष्ठित कम्पनी र क्षेत्रमा सफलतापूर्वक अगाडि बढिरहेको प्रशस्त उदाहरण छन् ।’
मुनाफारहित सामाजिक शैक्षिक संस्थासमेत रहेको कलेजले आफ्नै करिब २०० रोपनी जग्गामा पूर्वाधार बनाएको छ । १२३ जना पूर्णकालीन शिक्षक÷कर्मचारी रहेको उक्त कलेजमा इन्जिनियरिङ विधाका सबै पाठ्यक्रम र रिसोर्सयुक्त आधुनिक पुस्तकालयसमेत छन् ।
अत्याधुनिक ल्याब, आइटी सेन्टरको व्यवस्था, सहरी कोलाहलदेखि मुक्त शान्त तथा हरियाली वातावरण अत्याधुनिक प्रविधि, प्रयोगात्मक शिक्षण विधि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रिसर्चका लागि पहुँचसमेत रहेको कलेजले जानकारी दिएको छ ।
कलेजले युरोप, जापान, भारत लगायत देशका विभिन्न कलेज र विश्वविद्यालयहरूसँग शिक्षक विद्यार्थी एक्सचेञ्जको अवसर दिने बताएको छ । कलेजले स्नातक तहतर्फ ६ वटा विषय र स्नातकोत्तर तहतर्फ ४ वटा विषय अध्यापन गराउँदै आएको छ । स्नातक तहमा बीई सिभिल इन्जिनियरिङ (१४४ सिट), बी आर्किटेक्ट (४८ सिट), बीई सिभिल एण्ड रुलर इन्जिनियरिङ (४८ सिट), बीई कम्प्युटर इन्जिनियरिङ (९६ सिट), इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ (४८सिट), इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा (४८ सिट), बीई सिभिल फर डिप्लोमा होल्डर्स (४८ सिट) सम्बन्धी अध्यापन हुँदै आएको छ ।
त्यस्तै स्नातकोत्तर तहतर्फ कन्स्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिस्प्लीनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेशन इन्जिनियरिङ म्यानेजमेन्ट सम्बन्धी अध्यापन हुँदै आएको छ । सो इन्जिनियरिङ कलेजमा हरेक वर्ष स्नातक तहमा ४८० जना विद्यार्थी र स्नातकोत्तर तहमा १५० विद्यार्थीहरू भर्ना हुने गरेका छन् ।
ताजा अपडेट
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया