इक्यानले १५ औँ शैक्षिक मेला आयोजना गर्दै, १५ हजारले अवलोकन गर्ने अनुमान
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघले १५ औँ संस्करणको बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । परम्परालाई निरन्तरता दिंदै आगामी असोज १३ गतेबाट शैक्षिक मेला आयोजना गर्न लागेको हो । मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ ।
विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउन् भन्ने उद्धेश्यका साथ शैक्षिक मेलाको आयोजना गरिएको इक्यानका अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए । ्
१५ औँ इक्यान शैक्षिक मेलामा करिब १५ हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको इक्यानले जनाएको छ ।
त्यस्तै, इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहने जनाइएको छ । नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भाबी सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको प्रमुख उद्देश्य रहेको भट्राईले बताए ।
मेलालाई वन अप प्रा. लिले व्यवस्थापन गर्दैछ । रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीले टाइटल स्पोन्सर गरेको कार्यक्रममा वेद इन्टरनेशनल एजुकेशनले सहकार्य गरेको छ । त्यस्तै प्रायोजकको रुपमा केआइइसी, अर्बिट इन्टरनेशनल एजुकेशन, ग्रेस इन्टरनेशनल, नोबल एजुकेशन फाउण्डेशन र वाइड रेन्ज इन्टरनेशनल रहेका छन् । आइइएलटीएस पार्टनरका रुपमा ब्रिटिस काउन्सिल रहेको छ ।
कोरोना महामारीका कारण लामो समय रोकिएको यो मेला पुनः सुचारु हुन लागेको हो । जसकारण पनि यो मेलाले विशेष अर्थ राख्ने इक्यानले जनाएको छ । यो शैक्षिक मेला आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृति समेत लिई सकिएको जनाइएको छ ।
विद्यार्थीहरूको उच्च शिक्षाको सपना साकार पार्न यो शैक्षिक मेला एक महत्वपूर्ण प्लेटफर्मको रूपमा प्रस्तुत हुने भट्टराईको विश्वास छ । ‘मेलाले विशेषगरी विदेशमा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई विश्वका विभिन्न शिक्षण संस्थाहरू, तिनका शैक्षिक प्रणालीहरू, पाठ्यक्रमहरू, भर्ना प्रक्रिया, र अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त डिग्रीहरूबारे विस्तृत जानकारी प्रदान गर्नेछ,’ उनले भने, ‘विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न आवश्यक योग्यता, कागजातहरू, भिसा प्रक्रियादेखि छात्रवृत्ति अवसरहरूसम्म प्रत्यक्ष परामर्श प्राप्त गर्न सक्नेछन् ।’
मेलामा सहभागी हुने विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न पाउनेछन्, जसले गर्दा उनीहरूलाई आफ्नो शिक्षा र करियरको योजना बनाउन थप सहज र स्पष्ट हुने इक्यानको अपेक्षा छ । मेला विशिष्ट रूपमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप तयार पारिएको शिक्षण सामग्री र परामर्शहरू प्रदान गरेर नेपाली विद्यार्थीहरूको ज्ञान, सीप र बौद्धिक क्षमतामा उल्लेखनीय वृद्धि गर्ने अवसर बन्ने इक्यानले जनाएको छ ।
ताजा अपडेट
- जहाँ शिक्षकको अभाव छ, त्यहीँ आशा बनेर पुग्छन् ‘साथी शिक्षक’ !
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
- अरूको नाममा एसईई दिने नक्कली परीक्षार्थी मकवानपुरमा पक्राउ
- कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजासहित चिरायु एकेडेमी शंखरापुर नगरपालिकामै प्रथम
- आजबाट एसईई परीक्षा सुरु
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया