छैटौं समूहको साथी शिक्षकका लागि आवेदन खुल्यो, मंसिर १५ सम्म आवेदन दिन सकिने

काठमाडौं– हेलम्बु एजुकेशन लाइभ्लीहुड पार्टनरसीप (हेल्प)ले साथी शिक्षक कार्यक्रमको छैटौँ कोहर्टका लागि आवेदन खुला गरेको छ । हेल्पले आगामी कात्तिक १ गते बिहिबारबाट छैटौं कोहर्ट साथी शिक्षकका लागि आवेदन खुला गरेको हो ।
ग्रामीण तहमा रहेका विद्यालयहरुमा प्राथमिक तहमा अंग्रेजी र गणित विषयको शिक्षण सिकाइ प्रभावकारी बनाउने उद्धेश्यले हेल्पले साथी शिक्षकका लागि आवेदन खुला गरेको हो । ग्रामीण क्षेत्रका विशेषगरी सामुदायिक विद्यालयको शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन विभिन्न क्रियाकलाप गर्दै आएको हेल्पको साथी शिक्षक कार्यक्रम एक महत्वपूर्ण गतिविधि हो । त्यसैले साथी शिक्षकमा आवद्ध भई सेवा गर्न चाहनेले आगामी मंसिर १५ गतेभित्र आवेदन दिन सक्ने हेल्पले जनाएको छ ।
साथी शिक्षकमा छनोट भएकाहरुले निर्वाह भत्ता, तालिम र व्यक्तिगत क्षमता अभिवृद्धिको अवसर प्राप्त गर्ने हेल्पले जनाएको छ । ‘विद्यमान शैक्षिक अवस्थाको परिवर्तका लागि केही योगदान दिन इच्छुक हुनुुहुन्छ भने प्राथमिक तहमा दुई वर्षका लागि गणित र अंग्रेजी विषय पढाउन साथी शिक्षक यात्राको हिस्सा बन्न सक्नुहुनेछ,’ हेल्पले भनेको छ, ‘निर्वाह भत्तासहित गहन प्रशिक्षण र व्यक्तिगत क्षमता वृद्धिका लागि यो एक सुनौलो अवसर हुनसक्नेछ ।’
साथी शिक्षकका बारेमा विस्तृतमा बुझ्नका लागि https://saathiteachers.org/ र कार्यालयको फोन नम्बर ०१–४९१७२०९ मा सम्पर्क गर्न सकिने हेल्पले जनाएको छ ।
ताजा अपडेट
- शिक्षिका ११ वर्षीय विद्यार्थीको प्रेममा परेपछि…
- बोर्डका अध्यक्ष शर्मा भन्छन् ,`कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाटै हुन्छ´
- शिक्षक महासंघद्वारा शैक्षिक हड्ताल स्थगित
- यी हुन् सरकार र शिक्षकबीच भएका सहमति
- सरकार र शिक्षकबीच जुट्यो सहमति
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- नाच्दै, गाउँदै, जादु देखाउँदै आन्दोलन गरिरहेका शिक्षकहरुको प्रहरीसँग झडप
- नवनियुक्त शिक्षामन्त्रीले लिए सपथ
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
तपाईको प्रतिक्रिया