Techie IT
  • बुधबार, साउन ६, २०८३ / Wednesday, July 22, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारअतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरु आन्दोलित

अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरु आन्दोलित


काठमाडौं– अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल केलेज शिक्षण अस्पतालका २२ औँ ब्याचका इन्टर्न आन्दोलित भएका छन् । कलेजले मनोमानी ढंगबाट अतिरिक्त शुल्क असुलेको विरोधमा इन्टर्नहरु आन्दोलित भएका हुन् ।

एमबीबीएस अध्ययनका बेला कलेजले छात्रवृत्ति पाएका र नपाएका दुवै समूहका विद्यार्थीहरुबाट मनोमानी शुल्क असुलेको इन्टर्नहरुको आरोप छ । अब कलेजले छात्रवृत्ति नपाएकाहरुाबाट प्रति विद्यार्थी ६ लाख ८८ हजार र छात्रवृत्ति पाएकाहरुबाट असुलेको प्रति विद्यार्थी १ लाख ८६ हजार ५५५ रुपैयाँ फिर्ता गर्नुपर्ने आन्दोलनरत विद्यार्थीहरुको माग छ ।

कलेजले छात्रवृत्ति नपाएका विद्यार्थीहरुबाट के.यू. दर्ताका लागि १५ हजार, काउन्सिल दर्ता तीन हजारm केयू परीक्षा शुल्क ४० हजार, आन्तरिक परीक्षा शुल्क एक लाख ५० हजार, इन्टर्नशीप शुल्क दुई लाख, कम्युनिटी पोष्टिङ प्लस स्किल ल्याबका लागि १ लाख ८० हजार र सेक्यूरिटी डिपोजिटका नाममा १ लाख रुपैयाँ लिँदै आएको छ । उक्त रकम फिर्ता गर्नुपर्ने विद्यार्थीहरुको माग रहेको छ ।

त्यस्तै, छात्रवृत्ति पाएका विद्यार्थीहरुबाट आन्तरिक परीक्षा शुल्क, कम्युनिटी पोष्टिङ र स्किल ल्याबका नाममा लिइएको एक लाख ८६ हजार ५५५ रुपैयाँ पनि फिर्ता गर्नुपर्ने आन्दोलनरत विद्यार्थीहरुको माग रहेको छ ।

आन्दोलित विद्यार्थीहरुले दुई महिना अघिबाट कलेजमा इन्टर्न सुरु गरेका थिए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको