दक्ष करिअर एकेडेमीले गर्यो ६५ औँ ब्याचका अफिसर क्याडेटको विदाई
काठमाडौं– बागबजारस्थित दक्ष करिअर एकेडेमीले नेपाली सेनामा भर्ती भएका ६५ औं ब्याचका अफिसर क्याडेटको विदाई कार्यक्रम सम्पन्न गरेको छ । एकेडेमीले आइतबार एक कार्यक्रमकाबीच ८० जनाभन्दा बढी अफिसर क्याडेटलाई विदाई गरेको हो ।
लामो समयदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका लागि तयारी कक्षा सञ्चालन गर्दै आएको एकेडेमीमा अध्ययन गरेका सयौं उम्मेदवार सफल हुने गरेको एकेडेमीले जनाएको छ ।

विदाई कार्यक्रममा नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी डा. प्रेमसिंह बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, नेपाली सेनाका सहायक रथी रामचन्द्र खत्री (अवकाशप्राप्त), सहायक रथी अजित थापा (अवकाशप्राप्त), प्रमुख सेनानी सन्तोष जी जंग ठाकुर (अवकाशप्राप्त) लगायत विशेष अतिथिका रुपमा रहेका थिए ।
संस्थाका संस्थापक निर्देशक प्रमुख सेनानी बिदुर अधिकारी (अवकाशप्राप्त)को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि डा. बस्नेतले नेपाली सेना विश्वले सम्मान गर्ने अनि नेपालीले गर्व गर्ने संस्थाका रुपमा स्थापित रहेको बताए । नेपाली सेनाको ६५ औं ब्याचको अफिसर क्याडेटमा भर्ती हुन सफल भएका उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दि“दै उनले भने, ‘यो देशको महारथी हुने तपाईंहरु नै हो तर जहा“ पुगेपनि दक्ष करिअर एकेडेमीलाई भने कहिल्यै नभुल्नु ।’

बजारमा जीटीओ, टीओ, आइओको तयारी कक्षा गराउने भन्दै खुलेका थुप्रै संस्था खुलेपनि दक्षमा भने सबै विषयमा तालिमप्राप्त प्रशिक्षकहरु रहेको उनले बताए । ‘दक्षमात्र एउटा त्यस्तो ठाउ“ हो जहा“ तालिमप्राप्त प्रशिक्षकहरुद्वारा उम्मेदवारहरुलाई प्रशिक्षित गराइन्छ भन्ने मलाई राम्रोस“ग जानकारी छ,’ उनले भने ।
त्यस्तै, कार्यक्रमका विशेष अतिथि सहायक रथी रामचन्द्र खत्री (अवकाशप्राप्त)ले पनि सफल उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा बोल्नेक्रममा उनले नेपाली सेनाले छनोट प्रक्रियामा लिने गुणमापक परीक्षा लोकसेवाले समेत अबलम्बन गर्नुपर्ने बताए । नेपाली सेनाले आफ्नो संस्थामा भर्ती हुनका लागि कुनै मानिस शारिरीक, मानसिक र चारीत्रिक रुपमा सक्षम छ कि छैन भन्ने जा“च गर्नका लागि गुणमापक परीक्षा लिन्छ,’ उनले भने, ‘यदि सबै कुरामा फिट भएको नागरिकलाई मात्र राष्ट्रसेवक कर्मचारी भर्ती गर्ने हो भने सबै तहका कर्मचारी भर्ना प्रक्रियामा लोकसेवाले अविलम्ब गुणमापक परीक्षालाई लागू गर्नुपर्छ ।’

अवकाशप्राप्त सहायक रथी खत्री ‘क्याडेट क्याप्सुल’ पुस्तकका लेखकसमेत हुन् । जो पुस्तक अफिसर क्याडेटको तयारी गरिरहेका उम्मेदवारहरुका लागि निकै उपयोगी हुने खत्रीको भनाई छ । उनले कार्यक्रममा अफिसर क्याडेटको तयारी गरिरहेका दुईजना उम्मेदवारलाई क्याडेट क्याप्सुल उपहारस्वरुप दिएका थिए । त्यस्तै, कार्यक्रममा सहायक रथी अजित थापा (अवकाशप्राप्त)ले पनि सफल उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा एकेडेमीका निर्देशक प्रमुख सेनानी फत्यबहादुर खड्का (अवकाशप्राप्त)ले यसपटकको ६५ औं बेसिक अधिकृत क्याडेट र ५ औं बेसिक स्नातक अधिकृत ब्याचका १ सय ६६ असफर क्याडेट अन्तिम परीक्षामा उत्तीर्ण गरेकामा दक्षबाटै ८६ जना अधिकृत क्याडेट उत्र्तीर्ण भएको बताए । ‘जसमा सर्वोत्कृष्ट १० मध्ये ५ र सर्वोत्कृष्ट २० मध्ये १२ जना यसै एकेडेमीबाट सफल हुनुका साथै समावेशी कोटातर्फका सबै कोटामा प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ,’ संस्थाको उपलब्धिबारे बताउ“दै उनले भने, ‘यो उपलब्धिले हामीलाई उर्जा प्रदान गरेको अनुभूति गरेका छौँ।’

त्यस्तै, कार्यक्रमका सभापति प्रमुख सेनानी बिदुर अधिकारी (अवकाशप्राप्त)ले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दि“दै यो सफलतालाई जोगाइराख्न दक्षले मेहेनत गरि राख्ने बताए । ‘हामीले आज जुन नतिजा हात पारेका छौं भोलिका दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने ।
ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया