सूचना प्रविधिको महाकुम्भ मेला बन्दै वर्डक्याम्प नेपाल २०२५
यस्ता छन सम्मेलनका आकर्षण

काठमाडौं । प्रविधिको महाकुम्भ मेलाको रुपमा हेरीएको वर्डक्याम्प नेपाल २०२५ मा प्रविधिजन्य कम्पनी तथा वक्ताहरूको धमकेदार उपस्थिती हुने भएको छ । चैत २२ र २३ गते काठमाडौंको चन्डोल स्थीत कुन्डलिनी दरबारमा हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनी तथा विज्ञहरुको उपस्थिती हुन लागेको हो ।
सम्मेलनमा वर्डप्रेसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बारे अभिनाष कुन्डलियाको विशेष प्रस्तुती रहनेछ जसमा एआई प्रयोगले वेबसाइट कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे ज्ञान पाइन्छ। यस्तै ५० प्रभावशाली महिला २०८१ को सूचिमा पर्न सफल समाजसेवी सुभासिनी श्रेष्ठ लाई वक्ताको रुपमा देख्न पाइनेछ, उनी दृष्टिविहीन तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूसम्म डिजिटल पहुँच पु¥याउन प्रशंसनीय काम गर्दै आइरहेकी छिन् । यस्तै एसइओ विषेशज्ञ एडलिन दाहाल, डिजिटल मार्केटिङ कन्सलटेन्ट रामबाबु थापा , ग्राफिक डिजाइनर आशिका न्यौपानेका साथै वर्डप्रेसमा लामो समय विताइरहेका वर्डप्रेस विषेशज्ञहरु मिलन खनाल, नविन जयसवाल, साकार उपाध्याय खतिवाडा, सलोनी मेहता, सन्तोष कुँवर र शंकर सुब्बा लगायतको प्रस्तुती तथा वर्कसप रहनेछ । वर्डक्याम्पमा नेपाल, भारत, बंगलादेश, अमेरिका तथा युरोपेली देशका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
उक्त सम्मेलनमा अन्तराष्ट्रिय स्तरको सूचना प्रविधि क्षेत्रको अनुभव प्राप्त विज्ञ तथा वक्ताहरुको समेत उपस्थिती र प्रस्तुती हुनेछ । उनीहरुले प्रविधिका विभिन्न क्षेत्रको अनुभव, भोगाइदेखि प्राविधिक समस्या समाधानको उपायका विषयमा आफ्ना अनुभव आदान प्रदान गर्नेछन । सूचना प्रविधिमा चासो राख्ने सहभागिहरुका लागि सम्मेलनमा सहभागिताको अवसर समेत उपलब्ध गराइएको वर्डक्याम्प नेपालले जनाएको छ । जसका लागि nepal.wordcamp.org/2025 मा भिजिट गरेर विस्तृत जानकारी लिन सकिनेछ ।
सूचना प्रविधि सँग सम्बन्धित विभिन्न विषयबारे जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन वर्डक्याम्पले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । सम्मेलनमा अन्तक्रियात्मक कार्यशालाहरू, प्रेरणादायी वक्ताहरूको प्रस्तुति, नेटवर्किङ अवसरहरू लगायत सत्रहरु सञ्चालन हुनेछ
ताजा अपडेट
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया