माट्रिका आइ सेन्टरका रेफ्रयाक्टिभ सर्जन डा. किशोरराज प्रधान सम्मानित
काठमाडौं– पुरानोबानेश्वरस्थित माट्रिका आइ सेन्टरका वरिष्ठ रेफ्रयाक्टिभ सर्जन डा. किशोरराज प्रधान सम्मानित भएका छन् । आइतबार इनर ह्वील क्लब अफ पाटनको ३१ औं चार्टर डे सेलिब्रेसन कार्यक्रमका अवसरमा प्रधानलाई सम्मान गरिएको हो ।
कार्यक्रममा माट्रिकाले विगत लामो समयदेखि नेपालका दुर्गम ठाउँहरुमा गएर नागरिकहरुको निःशुल्क आँखाको शल्यक्रियासहितको उपचार गर्दैै आएको छ । माट्रिकाले पूर्वमा सोलुखुम्बुदेखि पश्चिममा जुम्लासम्मका २० हजारभन्दा बढी मोतिबिन्दु भएका नागरिकको निःशुल्क शल्यक्रिया गरिसकेको छ । त्यसैलाई कदर गर्दै क्लबले प्रधानलाई सम्मान गरेको हो । डा. प्रधान नेपालकै पहिलो रेफ्रयाक्टिभ सर्जनसमेत हुन् । उनले नेपालमा मात्र नभएर विदेशका विभिन्न अस्पतालमा गइ बिरामीको उपचार तथा चिकित्सकहरुलाई तालिमसमेत दिँदै आएका छन् ।
विजयलक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न समाजसेवहीहरुको उपस्थिति रहेको थियो । समाजसेवी मोतिशान्ति शाक्यले देशका धेरै दुर्गम ठाउँमा गएर माट्रिका आँखा केन्द्रले निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरेकोमा धन्यवादसमेत दिएका थिए ।
ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया