समाचार
बोर्डका अध्यक्ष बालुवाटारमा, प्रधानमन्त्रीसँगको भेटपछि कक्षा १२ को परीक्षाबारे थप निर्णय हुने
काठमाडौं—राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतकाअनुसार ११ बैशाखदेखि हुने कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएपछि बोर्ड अध्यक्ष शर्मा मंगलबार साँझ बालुवाटार पुगेका हुन् ।
‘उहाँ आइसक्नुभएको छ । प्रधानमन्त्रीज्यू अर्को बैठकमा हुनुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘त्यो बैठक सकिएपछि उहाँहरुबीच छलफल होला ।’
२२ दिनदेखि शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु राजधानीमा हड्तालमा छन् । सरकारले आफ्ना मागहरु पूरा नगरेसम्म स्कुल नफर्किने अडान शिक्षकहरुको छ ।
शिक्षकहरुकै हड्तालकाबीच मंगलबार विहान बसेको बोर्डको बैठकले भने ११ बैशाखदेखि नै कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको थियो । बोर्डका पदाधिकारीहरुबीच शिक्षकहरु परीक्षाका लागि तयार नभएर कर्मचारीबाट परीक्षा गर्ने विकल्पमा यो निर्णय गरेको थियो ।
तर, यसमा पनि प्राविधिक जटिलता देखिने भएकाले परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री ओलीको निर्णय नै अन्तिम हुनेछ ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया