Techie IT
  • बिहीबार, असार २६, २०८२ / Thursday, July 10, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचाररिलायन्स कलेजकी पुर्व विद्यार्थीद्वारा सगरमाथाको सफल आरोहण, कलेजले गर्यो सम्मान

रिलायन्स कलेजकी पुर्व विद्यार्थीद्वारा सगरमाथाको सफल आरोहण, कलेजले गर्यो सम्मान


काठमाडौं – सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकीरिलायन्स कलेजकी पुर्व विद्यार्थी तथा प्रहरी सहायक निरीक्षककुन्जाङ शेर्पालाई रिलायन्स कलेजलेस्वागत तथा सम्मानगरेको छ। चावहिल सरस्वतीनगरमा रहेको रिलायन्स कलेजले नगद सहित सम्मान गरेको हो ।

सम्मान  कार्यक्रममा बोल्दै पुर्व विद्यार्थी शेर्पाले रिलायन्स कलेजको आधारशीला नै यो अभुत्पुर्व सफलताको मार्ग रहेको बताइन ।कलेजमा रहँदाको आफ्नो अनुभव तथा सगरमाथा  शिखर चढ्दाको कठिनाई र त्यसपछिको अवस्थालाई निकै प्रभावशाली र रोचक शैलीमा प्रस्तुत गरेकी थिइन।

उक्त सम्मान कार्यक्रममा बोल्दै रिलायन्स एजुकेसन नेटवर्कका  अध्यक्ष तथा कलेज प्राचार्य रबिन्द्रजङ्ग थापाले कुन्जाङको यो सफलता उनको मात्रै नभएर सम्पुर्ण रिलायन्स परिवारको भएको तथा सबै विद्यार्थीलाई यो सफलता प्रेरणाको रुपमा रहने बताए ।

उक्त सम्मान तथा बधाई कार्यक्रममा बोल्दै रिलायन्स एजुकेसन नेटवर्कका संचालक मोतिकृष्ण श्रेष्ठ ,राजु सिवाकोटी , खेमलाल भुसाल, नन्दुप्रसाद कुशवाहा तथा शैक्षिक निर्देशक बिरेन्द्रकुमार मेहताको उपस्थिति रहेको थियो । शेर्पाले २०७५ सालमा विज्ञान संकायमा अध्ययन गरेको विज्ञान संकायका संयोजक यादव पाण्डेले बताए ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको