बजेटमा शिक्षाः २ खर्ब ११ अर्ब १७ करोड बजेट, यस्ता छन् शिक्षाका कार्यक्रम (पूर्णपाठसहित)
काठमाडौं—उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयलाई २ खर्ब ११ अर्ब बजेट बिनियोजन गरेका छन् । बिहीबार संसद भवन नयाँबानेश्वरमा संघीय संसदका दुवै संसद समक्ष बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिएका हुन् ।
शिक्षाको बजेटमा विद्यालयको पुनः नक्साकन गरिने, नक्साङ्कनका आधारमा विद्यालय गाभिने, गाभिएका विद्यालयका लागि प्रोत्साहन अनुदानको व्यवस्था गरिने उल्लेख छ । यस्तै, शिक्षक दरबन्दीको पुनरावलोकन गरिनेफ, क्षमता विकास गर्न आवधिक तालिमको व्यवस्था गरिने पनि बजेटमा छ ।
गुरुकुल, गुम्बा, मदरसालगायतका परम्परागत शिक्षा पद्धतिको विषयगत र शैलीगत विशिष्टता संरक्षण र प्रवर्द्धन गर्ने बजेटमा छ । राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमअन्तर्गत तराई मधेशमा एक हजार ५००, पहाडमा एक हजार र हिमालमा ५०० भन्दा बढी विद्यार्थी संख्या रहेका विद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि पुँजीगत अनुदान उपलब्ध गराइने, निर्माणाधीन नमूना विद्यालयको निर्माण कार्य सम्पन्न गरिने बजेटमा छ । नमुना विद्यालय निर्माणका लागि २ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक वापत संघीय सरकारबाट उपलब्ध गराइँदै आएको सशर्त अनुदान वृद्धि गरिएको छ । यसका लागि १० अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको छ । ५ कक्षामाथिका विद्यार्थीहरुको दिवा खाजा खर्चका लागि रकम वृद्धि गरी १० अर्ब १९ करोड रुपैयाँ पु¥याइएको छ । यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुनेछन् ।
विद्यालयमा स्यानिटरी प्याड वितरणलाई निरन्तरता दिन १ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएका छ। यसबाट १३ लाख छात्रा लाभान्वित हुने विश्वास गरिएको छ । । यस्तै, बजेटमा शिक्षा क्षेत्रका सशर्त अनुदानका कार्यक्रमलाई क्रमशः वित्तीय समानीकरण अनुदानमा रुपान्तरण गरिने उल्लेख छ । माध्यमिक शिक्षा परीक्षाको सञ्चालन तथा व्यवस्थापन प्रदेश तहबाट गर्ने व्यवस्था मिलाइने, अंग्रेजी, विज्ञान र गणित विषयको शिक्षक अभाव हुन नदिन विश्वविद्यालयका सहकार्यमा शिक्षक बैंकको स्थापना गरिने बजेटमा छ । स्नातक तह उत्तीर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको भूमिकामा परिचालन गरिने व्यवस्था गरिएको छ ।
सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन र मेडिकल कलेज निर्माण कार्यसमेत अगाडि बढाउने बजेटमा छ । गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ भने विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको पूर्वाधार निर्माण गर्ने पनि बजेटमा छ । यस्तै, बर्दिवास, बुटवल, सुर्खेत र डडेल्धुरामा निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेजहरुको पूर्वाधार निर्माण कार्य अगाडि बढाउन ५६ करोड बिनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको सरकारले शिक्षातर्फ २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
शिक्षाको बजेटमा के छ ?

ताजा अपडेट
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
- अरूको नाममा एसईई दिने नक्कली परीक्षार्थी मकवानपुरमा पक्राउ
- कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजासहित चिरायु एकेडेमी शंखरापुर नगरपालिकामै प्रथम
- आजबाट एसईई परीक्षा सुरु
- एसईई उत्तरपुस्तिका परीक्षणको नयाँ व्यवस्था: तीन दिनभित्र जाँचिसक्नुपर्ने, लापरवाही गरे कारबाही हुने
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया