महानगरले सार्वजनिक गर्यो छात्रवृत्तिको सूची, को विद्यार्थी कुन कलेजमा परे ? (नामावलीसहित)
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको पहिलो मनोनयन सूची सार्वजनिक गरेको छ। पहिलो चरणमा ३ हजार ३ सय ६१ विद्यार्थी छनोट भएका छन् ।
मनोनयन भएका विद्यार्थीले साउन ९ गते भित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुनुपर्ने विभागले जनाएको छ ।
परीक्षामा उत्तीर्ण भई पहिलो चरणमा मनोनयन हुन नसकेका परीक्षार्थीहरुलाई पहिलो चरणमा मनोनयन भएका विद्यार्थीले साउन ९ गतेसम्ममा भर्ना नभई रिक्त रहेका सिटसमेतमा योग्यताक्रमकै आधारमा दोस्रो चरणमा मनोनयनका लागि साउन १० गतेपश्चात सूचना प्रकाशन गर्ने शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवाली जानकारी दिए ।
महानगरले साउन ३ गते ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४ हजार १ सय ७३ विद्यार्थी सहभागी थिए । तीमध्ये १० हजार ८ सय ६७ जनाले न्यूनतम ४०प्रतिशत (४० अङ्क) प्राप्त गरी उत्तीर्ण गरेका थिए ।
परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजीबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न समावेश थिए। नकारात्मक अङ्कनको व्यवस्था थिएन।
देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २ सय २९ आवेदनमध्ये १६ हजार १ सय ३७ विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए । प्रारम्भिक नतिजा साउन ४ गते नै प्रकाशित गरिएको थियो । त्यस्तै, साउन ६ गते समूहगत र विषयगत अन्तिम योग्यताक्रम सूची सार्वजनिक गरिएको थियो । छात्र/छात्रा र कोटा सम्बन्धी विवरण संशोधन गरी एकमुष्ट योग्यताक्रम नतिजा महानगरको वेसाइटमा अद्यावधिक गरिएको थियो ।
मनोनयन सूची योग्यताक्रम र विद्यार्थीले आवेदनमा उल्लेख गरेको शिक्षण संस्थाको प्राथमिकताक्रमका आधारमा तयार गरिएको छ। साधारण कोटामा सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौँ महानगरका स्थायी बासिन्दा र ल्याण्डफिल साइट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ। आरक्षण कोटामा छात्रा, आदिवासी/जनजाति, मधेशी, खस आर्य, दलित, मुस्लिम, थारु, अपाङ्गता भएका, पिछडिएको क्षेत्रका व्यक्ति, शहीद/बेपत्ता/द्वन्द्वपीडित परिवारका विद्यार्थी समावेश थिए ।
महानगरका विद्यालयहरूमा हाल सम्म ४ हजार ४ सय ९३ छात्रवृत्ति सिट उपलब्ध छन् । विद्यार्थीले आफ्नो रोल नम्बर, जन्म मिति र इमेल वा एसएमएस मार्फत प्राप्त पासवर्ड प्रयोग गरी भलतचबलअभ।पबतजmबलमग।नयख।लउ मा मनोनयन पत्र हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्ने छात्रवृत्ति परीक्षा समितिका सदस्य–सचिव रामचन्द्र खड्काले बताए ।
मनोनयन भएका विद्यार्थीले साउन ९ गतेभित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुनुपर्नेछ। भर्ना नभएमा उक्त कोटामा दोस्रो चरणको मनोनयन गरिनेछ, र पहिलो चरणमा मनोनयन भएकाले दाबी(विरोध गर्न पाउने छैनन्। विद्यार्थीलाई भर्ना म्यादबारे एसएमएस र इमेलमार्फत जानकारी महानगरले जनाएको छ ।
पहिलो चरणमा मनोनयन हुन नसकेका उत्तीर्ण विद्यार्थीलाई साउन ९ गतेपछि रिक्त सिटहरूमा योग्यताक्रमका आधारमा दोस्रो चरणको मनोनयनका लागि साउन १० गते पश्चात् सूचना प्रकाशन गरिने शिक्षा विभागले जनाएको छ ।
परीक्षामा उत्तीर्ण भई पहिलो चरणमा मनोनयन हुन नसकेका परीक्षार्थीहरुलाई पहिलो चरणमा मनोनयन भएका विद्यार्थीले मिति ९ गतेसम्ममा भर्ना नभई रिक्त रहेका सिटसमेतमा योग्यताक्रमकै आधारमा दोस्रो चरणमा मनोनयनका लागि १० गतेपश्चात सूचना प्रकाशन गर्ने शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जानकारी दिए ।
छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको नामावलीसहितको सूची
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया