१० वर्ष पुगेको अवसरमा स्वास्थ्य पत्रकार मञ्चले मनायो वार्षिकोत्सव
काठमाडौँ– स्वास्थ्य पत्रकार मञ्च नेपालले स्थापना भएको १० वर्ष पुगेको उपलक्ष्यमा वार्षिकोत्सव सम्पन्न गरेको छ । मञ्चले शुक्रबार राजधानीमा एक भव्य कार्यक्रमका बीच १० औँ वार्षिकोत्सव सम्पन्न गरेको हो ।
उक्त समारोहमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण रहेको बताए ।
‘तत्थ्यमा आधारित जनस्वास्थ्यसँग जोडिएका विषयहरुलाई आम जनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम हो, तर यो काम स्वास्थ्य पत्रकारहरुले गर्दै आउनु भएको छ,’ उनले भने, ‘अबको चुनौती एआई लगायतका प्रविधिको दुरुपयोग, भाइरल गराउने नाममा आउने फेक न्युजलाई रोक्नु रहेको छ । यसमा विधागत पत्रकारिता गर्ने व्यक्ति र संस्थाहरु बढी जिम्मेवार हुनुपर्छ । मलाई लाग्छ स्वास्थ्य पत्रकार र मञ्च यसमा सचेत हुनुहुन्छ ।’
उनले रोगबारेमा भन्दा पनि रोग लाग्नबाट जोगिने विषयहरुलाई बढी प्राथमिकता दिएर समाचार लेख्नुपर्नेमा जोड दिए ।
यस्तै गरी कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य पत्रकारिताको महत्व
दिनानुदिन बढेको भन्दै समग्रतामा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न के गर्न सकिन्छ ?ती कुराहरुलाई पनि ल्याउनु पर्ने बताए । उनले पत्रकारिताका माध्यमले पनि कहिलेकाँही कन्टेन खोजिरहेकाहरुलाई सजिलो हुने बताए । यस्तै स्वास्थ्य पत्रकारहरुले राज्य तथा स्वास्थ्य क्षेत्रको नेतृत्व गरेकाहरुलाई दवाव दिन सक्ने बताए । ‘गलत काम भए औल्याउन र सहि काम भए गो अहेड भन्नु पर्छ,’ उनले भने ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छाले स्वास्थ्य पत्रकारिताले देशको स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै योगदान गरेको भन्दै स्वास्थ्य पत्रकार मञ्च अझ क्रियाशिल भएर स्वास्थ्य क्षेत्र सुधारका लागि दवाव सिर्जना गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटाले पत्रकारहरुलाई राज्यको चौथो अंग भनिने गरेको भए पनि आफूलाई स्वास्थ्य पत्रकारहरु तेस्रो अंग नै हो कि भन्ने लागेको बताए । उनले निरन्तर निगरानी र खबरदारीले स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै काम भएको भन्दै तथ्यमा रहेर काम गर्न शुभकामना दिए ।
यस्तै विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेशसम्भाजी राव पाण्डवले जनस्वास्थ्य सचेतनामा सञ्चाकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै पछिल्लो पटक डब्लुएचओले स्वास्थ्य पत्रकार मञ्च नेपालसंग जनस्वास्थ्यका विभिन्न विषयमा छलफल तथा अन्तक्र्रिया गर्दै आएको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले विट पत्रकारिताको विकास क्रमसंगै स्वास्थ्य पत्रकारिता उदाएको भन्दै त्यसको उदाहरण स्वास्थ्य विटका पत्रकारहरुको संस्थाको रुपमा उदाएको मञ्च हो भनिन् । उनले स्वास्थ्य पत्रकार मञ्चसंग अघि बढेर सहकार्य गर्न महासंघ तयार रहेको बताइन् ।
मञ्चका पूर्व अध्यक्ष कल्पना आचार्यले स्वास्थ्य पत्रकार मञ्च स्थापना गर्दाका अनुभवहरु बाँढेकी थिइन् ।
यस्तै अध्यक्ष भिषा काफ्लेले मञ्चको दश वर्षे ईतिहास आरोह अवरोहका बारेमा चर्चा गर्दै आफूहरुले गर्न खोजेका कामका विषयमा चर्चा गरे ।
शुक्रबार आयोजित विशेष समारोहमा स्वास्थ्य पत्रकार मञ्च नेपालका ११ जना संस्थापकहरुलाई सम्मान गरिएको थियो । त्यसरी सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष अनिल न्यौपाने, उपाध्यक्ष कल्पना आचार्य,
महासचिव मनिष गौतम, सचिव सरोज ढुंगेल र कोषाध्यक्ष रामप्रसाद न्यौपाने रहेका छन् ।
यस्तै सदस्यहरु भगवती तिमल्सिना, प्रविण ढकाल, उद्धवराज भेटुवाल, दीपा दाहाल, भिषा काफ्ले र अंकितबाबु अधिकारीलाई सम्मान गरिएको हो ।
यसै अवसरमा शुक्रबारकै कार्यक्रममा स्वास्थ्य पत्रकार प्रवीण ढकाल र पत्रकार तथा अनुसन्धानकर्ता श्रीमन शर्माद्धारा लिखित स्वास्थ्य पत्रकारिता कला र कौशल पुस्तकको पनि बिमोचन भएको छ ।
प्रतिनिधि सभाका सभामुख घिमिरे र स्वास्थ्य मन्त्री पौडेलसंगै विशिष्ठ अन्य अतिथिहरुले संयुक्त रुपमा उक्त पुस्तकको बिमोचन गरेका हुन् ।
पत्रकार ढकालका अनुसार स्वास्थ्य पत्रकारिताका विषयमा नै केन्द्रित रहेर प्रकाशन भएको यो पुस्तक नै पहिलो हो । उक्त पुस्तक हर्ड इन्टरनेसलले प्रकाशन गरेको हो। एक सय ४७ पृष्ठको उक्त पुस्तकमा विभिन्न २६ वटा अध्यायहरु रहेका छन् ।
ताजा अपडेट
- जहाँ शिक्षकको अभाव छ, त्यहीँ आशा बनेर पुग्छन् ‘साथी शिक्षक’ !
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
- अरूको नाममा एसईई दिने नक्कली परीक्षार्थी मकवानपुरमा पक्राउ
- कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजासहित चिरायु एकेडेमी शंखरापुर नगरपालिकामै प्रथम
- आजबाट एसईई परीक्षा सुरु
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया