समाचार
शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदैं शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं—शिक्षक महासंघले शिक्षा विधेयकमा महासंघका मागहरु सम्बोधन नभएको भन्दैं चरणवद्ध आन्दोलनका कारण घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले ९ भदौदेखि चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।
महासंघले पहिलो चरणमा ९ भदौमा प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाएर आन्दोलन सुरु गर्ने जनाएको छ । ११ भदौंमा सबै राजनीतिक दलका केन्द्रीय कार्यलयमा ध्यानाकर्षण पत्र बुझाउने, कार्यलहरुमै २ घण्टा प्रतिनिधीमूलक धर्ना दिने कार्यक्रमको महासंघले घोषणा गरेको छ ।
१३ भदौंमा सबै पालिकामा प्रतिनिधिमूकल उपस्थितीमा ध्यानाकर्षण पत्र बुझाउने, १५ भदौमा सबै जिल्ला समन्वय समितिमा प्रतिनिधिमूलक ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिने महासंघले जनाएको छ ।
२१ भदौंमा दोस्रो चरणको आन्दोलन घोषणा गर्ने र त्यो आन्दोलनमा विरोध प्रदर्शनलगायतका कडा संघर्षका कार्यक्रम ल्याउने महासंघले जनाएको छ ।
महासंघले शिक्षा समितिबाट पारित भएको विधेयकले आफूहरुका मागहरु आंशिक रुपमा मात्रै पूरा गरेको भन्दैं आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । प्रस्तावित शिक्षा विधेयक शिक्षकविरोधी र आफूहरुसँगको सहमतिअनुसार नभएको भन्दै विधेयक तत्काल फिर्ता गर्न पनि महासंघले माग गरेको छ ।
बिहीबार संसदीय समितिले शिक्षा विधेयक पास गरेको थियो ।
ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया