Techie IT
  • सोमबार, कात्तिक ११, २०८२ / Monday, October 27, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारउद्घाटन र शिलान्यासजस्ता औपचारिक कार्यक्रममा नबोलाउन शिक्षामन्त्रीको आग्रह

समाचार

उद्घाटन र शिलान्यासजस्ता औपचारिक कार्यक्रममा नबोलाउन शिक्षामन्त्रीको आग्रह

विदेश घुम्यो भनेर हल्ला नगर्न आग्रह


काठमाडौं—शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले आफूलाई उद्घाटन र शिलानयासजस्ता कार्यक्रममा नबोलाउन आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उद्घाटन, शिलान्यासजस्ता प्रमुख अतिथी हुने औपचारिक कार्यक्रममा नबोलाउन आग्रह गरेका हुन् ।

‘कृपया कसैले पनि र कही पनि हालको म मन्त्रीलाई उद्घाटन/शिलान्यास कार्यक्रम, प्रमुख अतिथी हुनेजस्ता औपचारिक कार्यक्रमहरुमा निमन्त्रणा गर्दै नगर्नुहोला,’ उनले भनेका छन् ।

शिक्षामन्त्री पुनले आफूले विदेशमा भएका दुई कार्यक्रममा पनि सहभागिता नजनाएको बताएका छन् । ‘म युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारणसभा र ब्रिटिस काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत गइन् र जाँदैंन्,’ उनले अगाडि थपेका छन् ।

उनले जानैपर्ने र नगई नहुने केही मिटिङका लागि मात्रै मन्त्रीहरु विदेश गएको समेत उल्लेख गरेका छन् । शिक्षामन्त्री पुनले विदेश घुम्यो भनेर हल्ला नगर्न पनि आग्रह गरेका छन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको