मनास्लु कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न, ३.९६ जीपीए ल्याउने विद्यार्थीलाई २ लाख पुरस्कार घोषणा
काठमाडौं । चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्थापनाको छोटो अवधिमै देशभरकै १७औँ उत्कृष्ट कलेज बन्न सफल मनास्लु वर्ल्डले बुधबार भव्य समारोहबीच कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका अध्यक्ष तथा कार्यक्रमका सभापति गेन्द्र लामाले कक्षा १२ को बोर्ड परीक्षामा ३.९६ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिने घोषणा गरे । त्यस्तै, कक्षा ११ मा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई ५० हजार रुपैयाँसहित सम्मान गरिने जानकारी दिँदै उनले आफूहरूले गरेका प्रतिबद्धताबाट कहिल्यै पछि नहट्ने बताए ।
‘हामी प्रतिबद्धतामा कटिबद्ध भएर लागेकै कारण छोटो समयमै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न सफल भएका हौँ,’ उनले भने, ‘हामी जे बोल्छौँ, त्यो गर्छौं । जे गर्न सक्दैनौँ, त्यो बोल्दैनौँ ।’

क्याम्पस प्रमुख राजन श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यार्थीको सफलता केवल शैक्षिक प्रमाणपत्रमा सीमित नभई जीवनलाई सफल बनाउने मन्त्र प्राप्त गर्नु पनि रहेको बताए । उनले मनास्लुले विद्यार्थीलाई जीवन बदल्ने शिक्षा प्रदान गर्ने विश्वास व्यक्त दिलाए ।

कार्यक्रममा कक्षा १२ मा अध्ययनरत छात्रा अभियान घिमिरेले विद्यार्थी तथा अतिथिलाई स्वागत गर्दै मनास्लुमा अध्ययन गर्ने विद्यार्थीले किताबी ज्ञानसँगै आफ्नो अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर पनि प्राप्त गर्ने बताइन् ।

यस अवसरमा ‘मिस मनास्लु २०८१’ की विजेता तथा मनास्लुकी सद्भावना दूत रोशिन ढकाल र ‘मिस्टर मनास्लु २०८१’ का विजेता अस्बिन गुरुङलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

सम्मानपछि बोल्दै ढकालले मनास्लुले चुनौतीसँग सामना गर्दै अगाडि बढ्न सिकाएको बताइन् । ‘समयले बहाना बनाउनेलाई होइन, चुनौती स्वीकारेर अघि बढ्नेलाई साथ दिने रहेछ,’ उनले भनिन्, ‘आज म जहाँ छु, मेरो जे परिचय बनेको छ, त्यो सबै मनास्लुकै कारण सम्भव भएको हो ।’ उनले मनास्लुलाई आफ्नो दोस्रो घरको संज्ञा दिइन् ।

कार्यक्रममा हालै सगरमाथाको सफल आरोहण गरेकी सरिता तामाङ लामालाई पनि सम्मान गरिएको थियो । कलेजका अनुसार उनको उपलब्धिले तामाङ समुदायका महिलामा आत्मविश्वास अभिवृद्धि गर्न योगदान पुर्याएको छ ।
सहायक प्रिन्सिपल गोपाल श्रेष्ठले विद्यार्थीलाई कलेजको आचारसंहिताबारे जानकारी गराएका थिए भने कक्षा १२ मा अध्ययनरत छात्रा रिया श्रेष्ठले मनास्लुमा अध्ययन गर्दाको अनुभव सुनाएकी थिइन् ।

उत्प्रेरक वक्ता तथा प्रशिक्षक सौरभ लोहोनीले विद्यार्थीमा सकारात्मक ऊर्जा भर्ने प्रेरणादायी प्रस्तुति दिएका थिए ।

यसैबीच, कक्षा ११ को बोर्ड परीक्षामा कलेज टप गर्ने देवेन्द्र दाहाललाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । साथै, विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा गायक कर्णराज गिरी, मनास्लु ब्याण्ड र रकहेडले सांगीतिक प्रस्तुति दिएका थिए । साथै, कलेजका विद्यार्थीहरूले पनि विविध सांस्कृतिक तथा प्रतिभामूलक प्रस्तुति प्रस्तुत गरेका थिए ।


तस्बिरहरुः राजकुमार श्रेष्ठ/एजुकेशन समाचार
ताजा अपडेट
- मनास्लु कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न, ३.९६ जीपीए ल्याउने विद्यार्थीलाई २ लाख पुरस्कार घोषणा
- मनपरी शुल्क असुले कारबाही गर्ने सीटीईभीटीको चेतावनी ! नर्सिङ, एचए र फार्मेसीमा पुरानै शुल्क कायम
- विद्यार्थीको व्यक्तिगत विवरण दुरुपयोग नगर्न केन्द्रको निर्देशन
- अर्बाना स्कुलद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
- इन्जिनियरिङ अध्ययन संस्थानको स्नातक तह प्रवेश परीक्षाको आवेदन असार ३ गतेदेखि खुल्ने
- विश्व वातावरण दिवसमा ग्रीन आर्मीको विशेष कार्यक्रम, वातावरण संरक्षणसँगै विद्यार्थीको नेतृत्व विकासमा जोड
- अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
- अनुसन्धान संस्कृतिलाई संस्थागत गर्दै काठमाडौं बर्नहार्ट, शिक्षकद्वारा विविध विषयमा अनुसन्धान प्रस्तुत
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया