केबीए ग्लोबलको चितवनमा ‘मल्टि डेस्टिनेशन एजुकेशन फेयर’ सम्पन्न
केबीए ग्लोबलको चितवन शाखाले वैदेशिक अध्ययनमा रुचि राख्ने विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै ‘मल्टि डेस्टिनेशन एजुकेशन फेयर’ सम्पन्न गरेको छ । कक्षा १२ को परीक्षा सकेर उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीलाई लक्षित फेयरमा एक सयभन्दा बढी विद्यार्थी तथा अभिभावक सहभागी भएका थिए ।

केबीए ग्लोबलका नेपालस्थित बिजनेस डेभलपमेन्ट डाइरेक्टर विनोद दाहालका अनुसार विद्यार्थीलाई उपयुक्त अध्ययन गन्तव्य र विश्वविद्यालय छनोटमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । फेयरमार्फत अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत, दक्षिण कोरिया र न्युजिल्याण्डका विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थी तथा अभिभावकको प्रत्यक्ष अन्तरक्रिया गराइएको छ ।
सहभागीले विभिन्न देशका विश्वविद्यालय, अध्ययन कार्यक्रम, भर्ना प्रक्रिया र सम्भावनाबारे जानकारी लिएका थिए । दाहालका अनुसार यसले उपयुक्त देश र विश्वविद्यालय छनोटसम्बन्धी अन्योलता कम गर्न सहयोग पुगेको छ ।

यसअघि केबीए ग्लोबलले गत जेठ २७ गते काठमाडौँमा समेत भव्य रूपमा एजुकेशन फेयर सम्पन्न गरेको थियो । काठमाडौँमा आयोजित उक्त फेयरमा ३०० भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो । काठमाडौँको भव्य सफलतापछि चितवनमा यो कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।
चितवन फेयरका अवसरमा केबीए ग्लोबलले आइइएलटीएस र पीटीई तयारी कक्षाका लागि ५० प्रतिशतसम्म छात्रवृत्ति तथा सिट बुकिङ गर्ने विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरेको थियो । साथै, तयारी कक्षामा सहभागी हुने विद्यार्थीलाई अतिरिक्त शुल्कबिनै सीपमूलक तालिमसमेत उपलब्ध गराइने जनाएको छ ।

केबीए ग्लोबलले यस्ता कार्यक्रमले वैदेशिक अध्ययनका लागि सही सूचना प्रदान गर्दै विद्यार्थी तथा अभिभावकलाई उपयुक्त शैक्षिक संस्था छनोटमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया