अध्ययन बिदा दुरुपयोग गर्नेहरूविरुद्ध त्रिवि आक्रामक, रकम असुलीसहित कानुनी कारबाही हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपयोग गरेपछि नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ । निर्धारित अवधिभित्र सम्पर्कमा नआए प्रचलित कानुन तथा विश्वविद्यालयका नियमावलीअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइने विश्वविद्यालयले जनाएको छ ।
अध्ययन बिदा व्यवस्थापन कार्यान्वयन समितिले २०८३ असार ३ गते प्रकाशित सूचनामार्फत अध्ययन बिदा उपयोग गरेपछि सेवा गर्नुपर्ने अवधि पूरा नगरेका तथा विश्वविद्यालयसँग सम्पर्कमा नआएका शिक्षक र कर्मचारीलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको हो । समितिले सम्बन्धित व्यक्तिहरूलाई अध्ययन बिदा व्यवस्थापन समितिको कार्यालय वा [email protected] इमेलमार्फत सम्पर्क गर्न भनेको छ ।
यस विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि सार्वजनिक लगानीबाट प्रदान गरिने अध्ययन बिदा विशेष सुविधा भएकाले यसको सदुपयोग गर्दै संस्थाप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।
उनले अध्ययन बिदामा गएर अध्ययन पूरा नगरेका तथा अध्ययनपछि सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट नियमानुसार असुलउपर गर्नुपर्ने रकम असुल गर्ने अभियान त्रिभुवन विश्वविद्यालयले निरन्तर अघि बढाइरहेको उल्लेख गरेका छन् ।
मन्त्री पोखरेलले हालसम्म विश्वविद्यालयको सम्पर्कमा आउन आनाकानी गरिरहेका सम्बन्धित शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको जानकारी दिँदै तोकिएको अवधिभित्र सम्पर्कमा नआए प्रचलित कानुन तथा विश्वविद्यालयका नियमावलीबमोजिम आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने बताएका छन् ।
उनले अध्ययन बिदा सार्वजनिक लगानीबाट प्रदान गरिने विशेष सुविधा भएकाले यसको सदुपयोग गर्दै संस्थाप्रति उत्तरदायी हुनु सम्बन्धित सबैको दायित्व भएको उल्लेख गर्दै सार्वजनिक स्रोतको संरक्षणप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
ताजा अपडेट
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया