काठमाडौं विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौं विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिमार्फत आवेदन आह्वान गरेको छ ।
मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार समितिले २०८३ असार ७ गते स्वीकृत गरेको काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ बमोजिम इच्छुक तथा योग्य व्यक्तिबाट दरखास्त माग गरिएको हो ।
सूचनामा उल्लेख भएअनुसार आवेदन दिन इच्छुक उम्मेदवारले सूचना पहिलो पटक प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालयको वेबसाइटमार्फत तोकिएको लिंकमा गई दरखास्त पेश गर्न सक्नेछन् ।
मन्त्रालयले उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि पनि आफ्नो वेबसाइटमा उपलब्ध गराएको जनाएको छ ।
काठमाडौं विश्वविद्यालयमा उपकुलपति पद रिक्त रहेकाले नयाँ नेतृत्व चयन प्रक्रियालाई अघि बढाउन मन्त्रालयले आवेदन आह्वान गरेको हो ।
ताजा अपडेट
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया