Techie IT
  • मंगलबार, साउन ५, २०८३ / Tuesday, July 21, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारयति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न

यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न


काठमाडौँ। यति इन्टरनेसनल कलेजले आयोजना गरेको होटल एन्ड माइस म्यानेजमेन्ट (HMM) शैक्षिक कार्यक्रमको पहिलो दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ । थाइल्यान्डको प्रतिष्ठित श्रीपातुम विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित यस कार्यक्रमबाट सन् २०२१ ब्याचका ४५ जना विद्यार्थीहरू दीक्षित भएका छन् ।

शिक्षा तथा खेलकुद मन्त्रालयबाट मान्यताप्राप्त यो अन्तर्राष्ट्रिय डिग्री हासिल गरेका विद्यार्थी, उनीहरूका अभिभावक, प्राध्यापक तथा समाजका विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूको समारोहमा उपस्थिति रहेको थियो  ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कलेजका कार्यकारी अध्यक्ष सञ्जयकुमार झाले दीक्षित विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै विश्वव्यापी आतिथ्य र माइस उद्योगमा प्रवेश गर्दा व्यावसायिकता, निष्ठा र आजीवन सिकाइलाई आत्मसात् गर्न आग्रह गरे । त्यसैगरी, कलेजका निर्देशक अर्णराज सिलवालले अभिभावकहरूप्रति कृतज्ञता व्यक्त गर्दै यस अन्तर्राष्ट्रिय डिग्रीले विद्यार्थीहरूका लागि विश्वभर अवसरका नयाँ ढोकाहरू खोल्ने बताए । कलेजका प्राचार्य राम दिनेश मिश्रले विद्यार्थीहरूको धैर्यता र लगनशीलताको प्रशंसा गर्दै दीक्षान्त समारोह अध्ययनको अन्त्य नभई थप जिम्मेवारी र विश्वव्यापी अवसरहरूले भरिएको नयाँ यात्राको सुरुवात भएको उल्लेख गरे ।

थाइल्यान्डको श्रीपातुम विश्वविद्यालयसँगको सहकार्यमा यति इन्टरनेसनल कलेजले स्नातक तहमा एचएमएम, एबीएम, बीएसस्सी आइटी र स्नातकोत्तर तहमा एमबीए कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। आजको प्रतिस्पर्धात्मक बजारमा सफल हुन आवश्यक पर्ने व्यावहारिक सीप, प्राविधिक ज्ञान र दक्षता प्रदान गर्ने गरी यी सम्पूर्ण कार्यक्रमहरू डिजाइन गरिएको जानकारी कलेजले दिएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको