समाचार
जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
काठमाडौं—चौतर्फी आलोचना र जनदबाबपछि सरकारले निजी स्वास्थ्य तथा शिक्षामा लगाएको ३ प्रतिशत समता कर हटाउने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको क्याबिनेट शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो ।
यससँगै निजी स्वास्थ्य र शिक्षामा लागू गरिएको ३ प्रतिशत अतिरिक्त शुल्क अब नलाग्ने भएको छ । यसअघि चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी स्वास्थ्य र शिक्षामा ३ प्रतिशत समता कर लगाउने घोषणा गरेका थिए ।
साउन १ गतेदेखि लागू भएको उक्त निर्णयप्रति निजी क्षेत्र, सरोकारवाला निकाय, अभिभावक तथा विभिन्न संघसंस्थाबाट तीव्र असन्तुष्टि व्यक्त गरिएको थियो । बढ्दो विरोध र दबाबका बीच सरकारले अन्ततः आफ्नो निर्णय फिर्ता लिएको हो ।
यसअघि मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत निजी स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत समता कर फिर्ता लिने घोषणा गरेका थिए ।
करिब आठ वर्षअघि हटाइएको यो शुल्क सरकारले यस वर्षको बजेटमार्फत पुनः लागू गरेको थियो ।
ताजा अपडेट
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया