समाचार
अष्ट्रेलियाको वेस्टर्न सिड्नी विश्वविद्यालयकी स्नातकोत्तर प्रतिमा खड्का मिस नेपाल २०२६ को प्रतिस्पर्धामा
‘मानसिक स्वास्थ्य शिक्षा हरेक विद्यालयको पाठ्यक्रम बन्नुपर्छ’
काठमाडौं- मिस नेपाल २०२६ की प्रतियोगी नम्बर १४ प्रतिमा खड्काले नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी शिक्षालाई विद्यालय तहदेखि नै प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएकी छन् । अष्ट्रेलियामा सामाजिक कार्य र सामुदायिक विकासको अध्ययन तथा अनुभव हासिल गरेकी उनले मानसिक स्वास्थ्यको उपचार मात्र नभई मानसिक कल्याणसम्बन्धी शिक्षा पनि हरेक बालबालिका, युवा र वयस्कका लागि आवश्यक रहेको बताएकी हुन् ।
सिन्धुपाल्चोककी २६ वर्षीया प्रतिमाले अष्ट्रेलियाको युनिभर्सिटी अफ वेस्टर्न सिड्नीबाट सोसल वर्कमा स्नातकोत्तर तथा कम्युनिटी सर्विसेजमा स्नातक अध्ययन गरेकी छन् । बहुसांस्कृतिक समुदायसँग काम गर्ने क्रममा उनले समुदाय विकास, सामाजिक समावेशिता, मानसिक स्वास्थ्य प्रवर्द्धन र नेतृत्व विकासका क्षेत्रमा अनुभव हासिल गरेकी छन् ।
उनका अनुसार नेपालमा विद्यालयहरूले भाषा, गणित, विज्ञान र अन्य विषय पढाए पनि भावना व्यवस्थापन, तनाव नियन्त्रण, मानसिक सन्तुलन र जीवनका चुनौतीसँग सामना गर्ने सीपलाई पर्याप्त प्राथमिकता दिइएको छैन । ‘हामी विद्यालयमा धेरै विषय सिक्छौं, तर आफ्नै मन र भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने शिक्षा पाउँदैनौं,’ प्रतिमाले भनेकी छन् । उनका अनुसार भावनात्मक दृढता (इमोशनल रिजिलियन्स) जीवन सफल बनाउन आवश्यक आधारभूत सीप हो ।
मिस नेपाल २०२६ को प्रतियोगितालाई उनले केवल सौन्दर्य प्रतियोगिता नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने राष्ट्रिय मञ्चका रूपमा लिएकी छन् । मानसिक स्वास्थ्यप्रति समाजमा रहेको संकोच हटाउँदै मानसिक शान्ति, आत्म-जागरूकता र भावनात्मक सन्तुलनलाई जीवनशैलीको महत्वपूर्ण पक्षका रूपमा स्थापित गर्ने उनको लक्ष्य छ ।
प्रतिमाले नेपालसँग ध्यान, योग, सचेत श्वासप्रश्वास, माइन्डफुलनेस र करुणाजस्ता विश्वले खोजिरहेका परम्परागत ज्ञान रहेको उल्लेख गर्दै ती अभ्यासलाई आधुनिक विज्ञानसँग जोडेर विश्वसामु प्रस्तुत गर्न सकिने विश्वास व्यक्त गरेकी छन् ।
विदेशमा हासिल गरेको ज्ञान र अनुभवलाई नेपालकै समुदाय विकास तथा सामाजिक परिवर्तनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले विदेशी अवधारणाको नक्कलभन्दा नेपालको मौलिकता र अन्तर्राष्ट्रिय अभ्यासबीचको सन्तुलन आवश्यक रहेको बताइन् ।
सन् २०१६ देखि आर्ट अफ लिभिङ फाउन्डेसनमा स्वयंसेवकका रूपमा सक्रिय प्रतिमा हाल दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सचिवको जिम्मेवारीमा पनि छिन् । उनले स्वयंसेवा, ध्यान र सचेत जीवनशैलीले व्यक्तिको मानसिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने अनुभव आफूले प्रत्यक्ष रूपमा प्राप्त गरेको बताएकी छन् ।
मानसिक स्वास्थ्यसँगै वातावरण संरक्षणलाई पनि आफ्नो प्राथमिकतामा राखेकी प्रतिमाले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न प्रकृति संरक्षण र मानव स्वास्थ्यलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा व्यक्त गरेकी छन् ।
उनको दीर्घकालीन लक्ष्य नेपाललाई केवल प्राकृतिक सौन्दर्य र सगरमाथाको देशका रूपमा मात्र नभई मानसिक कल्याण, करुणा, सचेत जीवनशैली र प्राचीन ज्ञानको विश्व केन्द्रका रूपमा चिनाउनु रहेको छ ।
ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया